#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व334947111005094768641224803205
नेपाल747454811962454640

विश्व अर्थतन्त्रमा कोभिड-१९ को असर

  • जीवन तिमल्सिना

 

विश्व अहिले कोभिड–१९ सँग जुधिरहेको अवस्थामा छ । जसको कारणले गर्दा हजारौं मानिसको ज्यान जानुका साथै लाखौँ मानिस बेरोजगारको सिकार भएका छन् । लाखौँ मानिसहरुलाई जीवन धान्न गाह्रो परिरहेको छ । विभिन्न राष्ट्रहरुले आफ्नो क्षमता अनुसार यस घडिमा आफ्ना जनताका लागि दैनिक जीवन यापनका लागि सहयोगको घोषणा पनि गरेका छन् ।

परिवारको लागि दैनिक जीवन यापन गर्नुलाई मात्र होइन त्यहाँ रहेका ठूला साना व्यावसायहरुलाई बैंक रुप्टबाट जोगाउन आर्थिक सहयोगको घोषणा गरेका छन् । हाम्रो जस्तो अल्पविकसित देशमा त सरकार मात्र होइन जनता पनि व्यक्तिगत रुपमा सहयोग गर्न लागि परेका छन् । त्यस्तै बेलायतमा त क्याप्टेन मोर जस्को नाम थोमस मोर हो, उनले आफू एक सय वर्षको जन्मदिन मनाउन लाग्दा उनले सोचे नेशनल हेल्थ सर्भिस (एनएचएस) लाई १ हजार पाउण्ड चन्दा संकलन गर्ने तर उनले सोचे भन्दा धेरै भन्दा धेरै माथि करिब ३१ मिलियन भन्दा माथि उठाएर राष्ट्रिय हिरो बने ।

कोभिड–१९ ले विश्वको अर्थतन्त्रलाई धेरै धक्का दिएको छ । यो धक्काले मानिसहरु २००८ को रेसिजन र १९३० को डिप्रेसनलाई सम्झन बाध्य भएका छन् । अहिले सम्ममा कोभिड–१९ बाट लगभग ३९ मिलियन जना इन्ट्याक्ट भइसकेका छन् भने लगभग २ लाख ७० हजारको मृत्यु भइसकेको छ । कोभिड–१९ को इपिसेन्टर वुहान हुँदै युरोप र युरोप हुँदै अहिले आएर न्यूयोर्क भएको छ । अमेरिकामा मात्रै १.१८ मिलियन इनट्याक्ड भइसकेका छन् ।

अमेरिकामा मात्रै २२ मिलियन मानिसहरुले अनइम्पोलोयमेन्ट वेनिफिटको लागि आवेदन दिएका छन् । आवेदन भर्नेको संख्या त्यही रुपमा बढ्दै छ । बेलायतमा पनि सोसल वेनिफिटको लागि आवेदन भर्ने त्यही रुपमा बढ्दो छ ।

विश्वका केन्द्रीय बैंकहरु झन भनौं युरोपियन बैंक र फेडरल रिसर्भ  कसरी अर्थतन्त्रलाई उर्तान सकिन्छ भनेर लागि परेका छन् । गोलोवल प्रोडक्सन सर्भिस सेक्टरलाई त डुब्ने जस्तै छ । किनकी लकडाउनले गरेर मानिसहरुले प्रभावकारी रुपमा काम गर्न सकेका छैनन् ।

आइएमएफका अनुसार गोलोवल इकोनोमी यो वर्षको पहिलो ६ महिना ३ प्रतिशत स्रिङक हुन्छ र त्यसैगरी अरु लम्बियो भने ६ प्रतिशतसम्म स्रिङक हुन सक्छ । अमेरिकाले त दोस्रो वर्ल्ड वार पहिलेकै ठूलो रेसिजन खेपीरहेको छ । अमेरिकी इतिहासकै पहिलो चोटि क्रब्ड वयलको मूल्य नेगेटिभ देखिएको छ । त्यस्तै बेलायतको इनडिपिडेन्ट इकोनोमिक्स फरकास्टर (वबीआर) का अनुसार बेलायतको इकोनोमि ३५ प्रतिशतले स्रिङक हुन सक्छ । साथै बेरोजगारी २ मिलियन हुनसक्छ भनेर प्रक्षेपण गरीसकिएको छ ।

त्यसैगरी संसारका धेरै एयरलायन्स कम्पनीहरु कोभिड–१९ कै कारणले गर्दा बैंकरुप्ट हुने सम्भावना धेरै छ । कति एयरलायन्सहरु त कोल्याप्स नै भइसके भने कति सस्पेन्डमै छन् । यसको ज्वलन्त उदाहरण फ्लाइट एयरलायन्स हो । त्यस्तै भर्जिन अस्ट्रेलियाले बैंकरुप्ट डिक्लियर गरी सक्यो । बीबीसीका अनुसार एशियन डेभलपिङ कन्ट्रिजहरुको लागि गार्मेन्ट म्यानिफेक्चरिङ अति नै महत्वपूर्ण अर्थतन्त्र हो । बंगलादेश, इन्डोनेसिया, कम्वोडिया, भियतनाम र म्यानमार संसारमा धेरै गार्मेन्ट मेनिफेक्चरिङ गर्छन् । बंगलादेशमा मात्रै ४.१ मिलियम गार्मेन्ट श्रमिकहरु छन् । कोभिड–१९ कै कारणले यी देशहरुको पनि अर्थतन्त्र धरासायी बन्दैछ ।

त्यस्तैगरी कोभिड–१९ ले एभियसन सेक्टर, टुरिजम विजनेश र हस्पिटालिटी विजनेशलाई ठूलो असर पारिरहेको छ । यी सेक्टर त नेपालमा पनि अति नै कमजोर हुन पुगेको छ । बीबीसीकै अनुसार रोलिस रोयस, जसले विमानको इन्जिन बनाउँछ । यो कम्पनीले पनि मे महिनाको अन्तिम सम्ममा जव कट गर्ने संकेत गरिसकेको छ ।

यसरी के भन्न सकिन्छ भने लकडाउन खुलिहाले पनि मानिस पहिला जस्तो स्वतस्फुर्त बाहिर निस्कि हाल्ने अवस्था रहदैन, जसको असर अर्थतन्त्रलाई नै पर्ने  देखिन्छ । बीबीसीकै अनुसार वर्ल्ड युडरहरु भिडियो कन्फरेन्समार्फत निरन्तर भ्याक्सिन खोजी कार्यको लागि कोष खडा गर्न सहमत भएका छन् । यूएनको विचारमा पनि भ्याक्सिनको विकल्प नरहेको जिकिर छ । त्यस्तै डोनाल्ड ट्रम्पले पनि वर्षको अन्त्यसम्म अमेरिका भ्याक्सिन निकाल्न समर्थ हुन्छ भनेका छन् ।
स्रोतः बीबीसी द गार्डेन फाइनायन्सीयल टाइम्स

सम्बन्धित समाचारहरु