छोरीको जन्मदिनमा अनिल लेख्छन्- मेरी छोरी मेरो अभिमान

छोरीको जन्मदिनमा अनिल लेख्छन्- मेरी छोरी मेरो अभिमान


एजेन्सी । ९ जुन १९८५ मा मुम्बईमा जन्मिएकी बलिउड अभिनेत्री सोनम कपूर आजबाट ३५ वर्षकी भएकी छिन् । यहि मौकामा उनका पिता अनिल कपूरले सामाजिक संजालमा सोनमलाई जन्मदिनको शुभकामना दिएका छन् । साथै आफ्नी छोरीलाई आफ्नो अभिमान भनेर लेखेका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्- छोरी जस्तो कोहि हुदैनन् । आनन्द अहुजाको पर्फेक्ट पार्टनर, पर्दाकी एक सीतारा र एक यस्तो स्टाइल कि आइकन जसको कुनै कल्पना पनि गर्न सकिदैन । उनी मेरो विश्वासिलो पात्र, मेरो खुशी, मेरो अभिमान र मैले चिनेकाहरुमध्ये सबैभन्दा उदार हृदय भएकी मान्छे (एउटै मात्र मान्छे जो सँग म डराउछु) र अब बोना फाइडकि शेफ पनि हुन् । ह्याप्पी बर्थ डे सोनम कपूर । म एकदमै खुशी छु किनकी आज तिमी हामी सँग छ्यौ । लभ यु अलवेज ।

Logo