#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1118932552906343631126297150
नेपाल152593290846143

सेती प्रादेशिक अस्पतालबाट एक संक्रमित डिस्चार्ज, अस्पताल कोरोनामुक्त

धनगढी ।

कोरोना भाइरसबाट सङ्क्रमित भई सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना शुक्रबार कोरोना ‘पोजेटिभ निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।

अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ३४ वर्षीया महिला शुक्रबार निको भई अस्पतालवाट डिस्चार्ज भएकी हुन् । उनी कोरोना भाइरसबाट मुक्त भएसँगै सुदूरपश्चिम प्रदेशमा कोरोनाको ‘डेडिकेटेड‘ अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल कोरोना सङ्क्रमित बिरामीबाट मुक्त भएको अस्पतालका कोरोना उपचार विभाग प्रमुख डा शेरबहादुर कमरले बताए।

अस्पतालको आइसोलेशनमा पनि कोही शङ्कास्पद बिरामी नरहेको डा कमरले जानकारी दिए । उनको आठ पटकसम्म नमूना परीक्षण गरिएको थियो । ३४ दिन अस्पताल बसेर महिलाले कोरोनालाई जितेकी हुन् ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार