#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व656851038795730113103169243
नेपाल230092013278

सागमा दोहोरो स्वर्णपदक विजेता आयशाद्वारा दृष्टिविहिनलाई राहत सहयोग

काठमाडौं ।
दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले दृष्टिविहिनहरुलाई शुक्रबार खाद्यान्न सहयोग गरेकी छिन् ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण विपन्नहरुलाई आर्थिक रुपमा निकै कठिनाई भइरहेको छ । कीर्तिपुरस्थित नगाँउमा रहेका ३५ दृष्टिविहिनलाई सोही ठाँउ पुगेर आयशाले खाद्यान्न हस्तान्तरण गरेकी थिइन् ।

राहतमा १० केजी चामल, दाल १ केजी, चिउरा १ केजी, तेल १ लिटर, नुन १ केजी, भुजा १ केजी र चाउचाउ ४ प्याकेट रहेको छ । सागमा पदक जितेबापत सरकारले हालै नगद पुरस्कारबाट सम्मानित गरेपछि आयशाले सोही रकमबाट सहयोग गरेको बताइएकी छिन् ।

अरु खेलाडीहरुले पनि यो कठिन अवस्थामा सहयोग गर्नुभइरहेको छ, आयशाले भनिन्, आफूले सक्दो सहयोग गर्नुपर्दछ भन्ने मलाई लागेको छ । त्यसमाथि दृष्टिविहिनहरुलाई सहयोग गर्दा थप आनन्द महसुस गरें । एसियाली खेलकुदकी कास्य पदक विजेतासमेत रहेकी आयशाले गत मंसिरमा स्वदेशमा आयोजना भएको सागको तेक्वान्दोको पुम्सेमा दोहोरो स्वर्ण पदक जितेकी थिइन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार