#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1119067852911343639556297610
नेपाल152593290846143

मलेसियामा थप २५ नेपाली कामदार संक्रमित

काठमाडौं ।

मलेसियामा थप २५ नेपाली कामदार कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएका छन् । मलेसियाको स्वास्थ्य विभागका अनुसार पेडास र रिमवु उद्योगमा कार्यरत विदेशी कामदारको स्वास्थ्य परीक्षण गर्ने क्रममा २५ नेपालीसहित ६० कामदारलाई पोजिटिभ देखिएको हो ।

विभागका महानिर्देशक दातु नुर हिसाम अब्दुल्लाहका अनुसार ७ सय ८६ जना विदेशी कामदारको स्वास्थ्य परीक्षण गरिएकामध्ये ६० जनालाई पोजिटिभ देखिएको हो । २ सय ८६ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ भने ४४० जनाको नतिजा आउन बाँकी छ । त्यसमा कति जना नेपाली भनेर खुलाइएको छैन । उक्त उद्योगमा अप्रिल ५ तारिखमा पहिलोपटक कोरोना संक्रमित देखा परेका थिए ।कान्तिपुरबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार