#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व626307137385830426862846527
नेपाल157281344220

दिवेश पोखरेलको सफलताको कामना गर्दै ९३ वर्षीया हजुरआमा (भिडियोसहित)

काठमाडौं ।
अमेरिकन आइडलमा प्रतिस्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेलको समर्थनमा काठमाडौँमा सफलताको कामना गरिएको छ । गायक दिवेश पोखरेलकी ९३ वर्षीया हजुरआमा समेत ब्यानर प्रदर्शनमा आएकी थिइन् ।

आफ्नो गायन प्रतिभाले अमेरिकी मात्र होइन विश्वभरिबाट अमेरिकन आइडल हेर्ने दर्शकको मन जितेका युवा गायक दिवेश पोखरेल भोलि आइतबार हुने टप सेभेनका लागि बलियो प्रतिस्पर्धी बनेका छन् । आज (शनिवार) बिहान दिवेश पोखरेलकी ९३ वर्षीया हजुरआमासहित स्थानीयहरुले कलंकी मन्दिर परिसरमा ब्यानर सहित सफलताको कामना गरेका थिए ।

स्थानीयहरुले गायक पोखरेलको समर्थनमा भोटिंग अभियानसमेत सुरु गरेका छन् । समर्थन अभियानको अगुवाई गरेका गायक पोखरेलका छिमेकी बिक्की श्रेष्ठले नेपाली प्रतिभा अमेरिकन आइडल जस्तो विश्व चर्चित गायन प्लेटफर्म पुग्नु गौरवको विषय भएको बताइन् । उनले युवा गायक पोखरेलको समर्थनमा भोटिंग गरेर सबै नेपालीलाई सहयोग गर्न पनि आग्रह गरिन् ।

 

सम्बन्धित समाचारहरु

ताजा समाचार