#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व656864438795930114213169264
नेपाल230092013278

अमेरिकी महिला फुटवल टिमको मुद्दा खारेज फैसला विरुद्ध अपिल

एजेन्सी । संयुक्त राज्य अमेरिकाको राष्ट्रिय महिला फुटवल टिमले समान तलबको मागसहित दर्ता गराएको मुद्दाको खारेजको फैसला विरुद्ध अपिल गरेको छ । पुरुष खेलाडी समान तलब पाउनुपर्ने मागसहित महिला टिमले दर्ता गरेको मुद्दा गत साता अमेरिकाको जिल्ला अदालतले खारेज गरेको थियो । तर, महिला टिमले मुद्दा खारेज विरुद्ध शुक्रबार अपिल दायर गरेको छ ।

महिला टिमका प्रवक्ता मोली लेभिनसनले मुद्दा खारेज विरुद्ध अपिल गरेको जनाउँदै जसरी भएपनि समान तलब पाउनुपर्ने बताएकी छिन् । ‘समान भुक्तानी भनेको महिला खेलाडीहरुलाई खेल जित्न समान दर भुक्तान गर्नु हो । जसरी पुरुषहरुलाई भुक्तानी हुन्छ ।’–उनले भनेकी छिन् ।

२८ महिला फुटवल खेलाडीले गत वर्ष पुरुष खेलाडी बराबर तलब पाउनुपर्ने मागसहित मुद्दा दर्ता गरेका थिए । खेलाडीले युएस सकर फेडेरेसनलाई विपक्षी बनाएर अदालतमा मुद्दा दर्ता गरेका थिए ।

अदालतले मुद्दा खारेज गरेसँगै अमेरिकामा पछिल्लो समय यसलाई राजनीतिक मुद्दा बनाईएको छ । विपक्षी पार्टीहरुले महिला खेलाडीलाई समान तलब दिनु पर्ने माग राख्न थालेका छन् । अमेरिकाको महिला टिमले गत वर्ष महिला विश्वकप जितेको थियो । यस्तै पाँच पटक ओलम्पिकमा स्वर्ण पदक जितेकाे छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार