#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व575539035567029256292474091
नेपाल8864699183

ऋषि कपूरको अन्तिम फिल्म ‘शर्माजी नमकीन’ भीएफएक्सबाट पूरा गरिने

विगत २ वर्षदेखि क्यान्सरसँग लडिरहेका उम्दा कलाकार ऋषि कपुरको अप्रिल ३० मा ६७ वर्षको उमेरमा निधन भएको थियो । केही वर्षदेखि चलचित्र क्षेत्रबाट टाढा रहेका उनी चलचित्र ‘शर्माजी नमकीन’ को लिडरोलमार्फत कमब्याक हुने तयारीमा थिए । जुन चलचित्र छायांकनको लागि डिसेम्बरमा नै फ्लोरमा गईसकेको थियो ।

तर छायांकन सकिनु अगावै ऋषिको निधन भयो । जसकारण चलचित्रमा ठूलो असर पर्ने अनुमान गरिएको थियो ।

तर पछिल्लो समय चलचित्रका निर्माता हनी त्रेहानले एक वेबसाईटलाई दिएको इन्टरभ्युमा ऋषि नभएपनि चलचित्र पूरा गर्ने बताएका छन् । उनका अनुसार ऋषिले आफ्नो भागको लगभग सबैजसो शुटिंङ पूरा गरिसकेका छन् । अब केही सिनहरु मात्र बाँकी रहेकाले यस्तो अवस्थामा एडभान्स टेक्नोलोजी भीएफएक्सको साहाराबाट क्वालिटीमा कुनै कम्प्रोमाईज नगरिकन फिल्म पूरा गर्ने बताएका छन् ।

त्यसैगरी निर्देशक र सम्पूर्ण टिमलाई बिना लिड कलाकार फिल्म पूरा गर्नु ठूलो चुनौती भएको पनि उनले बताएका छन् ।

‘हामीले जनवरीसम्ममा फिल्मको धेरै हिस्सा शुट गरिसकेका थियौँ । मात्र चार दिनको सेड्यूल पेण्डिङ्ग थियो । ऋषिजी सिल्वर स्क्रीनका लेजेण्ड थिए । त्यसैले हामी यो चलचित्र उहाँलाई समर्पित गर्न चाहन्छौं र उहाँलाई चाहनेहरुका लागि भएपनि यो फिल्म जुनसुकै हालतमा रिलिज गर्नेछौं । म हाम्रा अन्य निर्माताहरु रितेश सिधवानी र फरहान अख्तरलाई पनि धेरै धन्यवाद दिन चाहन्छु । जसले आर्थिक मात्र नभई भावनात्मक सहयोग पनि दिईरहेका छन् ।’ त्रेहानले अन्तर्वार्तामा भनेका छन् । एजेन्सीको सहयोगमा 

सम्बन्धित समाचारहरु

ताजा समाचार