#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व625924837369730422982843253
नेपाल157281344220

अब भारतीय खुला सीमामा पर्खाल लगाउनु पर्छ

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक सय १० पुगेको छ । बिडम्बना चाहिँ के छ भने यसमध्ये ९५ प्रतिशत संक्रमित भारतबाट आएका हुन् । यी मध्ये पनि धेरैजसो मुस्लिम समुदायका छन् । अझ तब्लिगी जमातीहरुको संख्या उल्लेख्य रहेको छ ।

नेपालमा जतिपनि भारतबाट आएका कोरोना संक्रमितहरु छन्, ति मध्ये धेरैजसो चोरबाटोवाट नेपाल छिरेका हुन् । रातको समयमा, गोठालो बनेर, गाडीको ट्युवबाट नदी तरेर, खेती किसानी गर्ने भनेर अत्यावश्यक बस्तुको ढुवानीका साधनहरु जस्तो ट्रक–ट्यांकरबाट र अन्यखाले तिक्डम रचेर उनीहरु नेपाल छिरेको तथ्य र तथ्यांकले देखाउँछ । कोरोना महामारीका कारण नेपाल र भारतमा लकडाउन घोषणा भएपछि लुकीछिपी खुला सीमाबाट नेपाल प्रवेश गरेका केही उदाहरण यस्ता छन् –

उदाहरण–१
– कपिलबस्तुको मायादेवी गाउँपालिका ८ र शुद्धोधन गाउँपालिकामा भेटिएका ५ जना संक्रमित मध्ये पाँचैजना २४ बैशाखमा लुकिछिपी नेपाल छिरेका हुन् । स्थानीय प्रशासनका अनुसार उनीहरु रातको समयमा नेपाल प्रवेश गरेका थिए । ती पाँचैजना भारतको मुम्बईबाट नेपाल आएका थिए ।

गाउँ पसेको थाहा पाएपछि उनीहरुलाई पकडी छत्रपाली माविमा बनाइएको क्वारेन्टाइनमा पठाएको थियो । हाल उनीहरुको बुटवलको धागो कारखानास्थित कोरोना अस्पतालमा उपचार भइरहेको छ ।

उदाहरण–२
रुपन्देहीका कोरोना संक्रमित एक युवा दुई साताअघि लुकेर नेपाल पसेका थिए । रुपन्देहीको कोटहीमाइ गापा. १ सिपवाका २५ वर्षे धर्मेन्द्र पासी (पासवान) भारतको दिल्लीबाट वैशाख ५ गते नेपाल फर्केका थिए । मालबाहक गाडी र पैदलगरी रुपन्देहीको सीमानाकासम्म आइपुगेका उनी वैशाख ५ गते लुम्बिनीस्थित कालिदह नाका आसपासबाट लुकेर नेपाल छिरेको उनको पारिवारिक स्रोतले जनाएको थियो ।

भारतसँग सीमा जोडीएको कोटहीमाइ गाँउपालिकाको सो क्वारेन्टाइनमा लकडाउन सुरु भएपछि नेपाल प्रवेश गरेका १० जना छन् । पछिल्लो समय ६ जना थपिएका छन् ।

उदाहरण–३
भारतको मदकोटबाट सीमा नदी महाकाली तरेर आएका बैतडीका १० र दार्चुलाका २ जनालाई गत हप्ता प्रहरीले नियन्त्रणमा लिएको थियो । गत बुधबार मात्रै दार्चुलाका नौगाड गाउँपालिकाका ९ जना नदी तरेर नेपाल पसेका थिए । उनीहरूलाई दार्चुला सदरमुकाम महाकाली नगरपालिकाको क्वारेन्टाइनमा राखिएको छ । बैतडी र दार्चुला जिल्लाको सीमामा रोकिएका नेपाली दैनिक लुकीछिपी आउने गरेका छन् र उनीहरुमध्ये अधिकांश सोझै घर पुग्ने गरेका छन् ।

लकडाउनको अवधिमा सीमा बन्द भएपछि बैतडीबाट मात्रै करिव दुई सय ५० जनाको उद्धार गरी सम्बन्धित स्थानीय तहमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उदाहरण–४
बारा प्रहरीले भारतबाट लुकिछिपी नेपाल प्रवेश गरी बस्दै आएका ९ जना जमातीलाई नियन्त्रणमा लिएको थियो । बाराको फेटा गाउँपालिकाको वडा नं. ५ जोतपुर गमरियाबाट ९ जना मुस्लिम समुदायका जमातीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

लकडाउनमा भारतबाट खुला सीमानाका भएर लुकिछिपी प्रवेश गरेका जमातीहरूलाई नियन्त्रणमा लिएको स्थानीय प्रहरी प्रशासनले पुष्टि गरेको थियो ।

उदाहरण– ५
भारतको दिल्लीमा कोरोना भाइरस संक्रमण फैलाउन भूमिका खेलेको भनिएको तब्लिगी जमातीहरुको आशंकामा पर्साबाट प्रहरीले २६ जनालाई नियन्त्रणमा लिएको थियो ।

पर्साको ग्रामीण भेगमा रहेका मदरसा र मस्जिदमा लुकेर बसेको अवस्थामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पर्साको पटेर्वा सुगौली गाउँपालिका– १ कन्चनपुर गदियानीस्थित मदरसामा लुकेर बसेका ११ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पर्साकै जगरनाथपुर गाउँपालिका प्रमुख मो. जालिम मियाको नेतृत्व र संलग्नतामा विभिन्न मस्जिद र मदर्शा हुँदै वीरगञ्जको छपकैया मस्जिदमा स्थानीय प्रहरी प्रशासनको सहयोगमा ती जमातीहरुलाई पु¥याईएको थियो ।

उदाहरण – ६
झापाको बार्दशी   गाऊपालिका चकचकी बस्ने ६० बर्षिय मो. मोजाहिर मिया (जमाती) एक महिनाअघि खुला सीमाको चोरबाटो हुँदै दिल्लीको मर्कसबाट घर फर्केर आएका थिए । ति मौलानाले स्थानीय मस्जिद र मदर्शा लगायत ठाउँहरुमा नमाज र पठन–पाठन गराई रहेका थिए । साथै उनी राहत वितरणमा समेत संलग्न रहेका थिए ।

उदाहरण – ७
झापा जिल्लाको झापा गाउपालिका टाघनडुब्बा गाउँमा खुला सीमा पार गरी भारतीय भट्टीयार (बंगलादेशी मुसलमानहरु) गाउँमा खेतीपाती र बालिनाली लगाउने बाहानामा जिल्ला सशस्त्र सुरक्षा पोष्टका सुरक्षाकर्मीसँग भिडन्त–मुडभेड र हवाई फायर समेत भएको घटना ।

उदाहरण – ८
सुनसरी भोक्राहा नसिंङ ५ का मो. सफिद मिया फागुन ३,४ र ५ गते सप्तरीको बोदेबर्साइनको इस्तिमामा भाग लिई खुला सीमा हुँदै दिल्लीको निजामुद्धिन मर्कसमा सहभागी भएका थिए । दिल्लीवाट सुनसरी फर्किनेक्रममा भारतको बागपत अस्पतालमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भइ हाल उनी सोही अस्पतालमा उपचाररत छन् ।

उदाहरण – ९
लकडाउनकाबीच रौतहट जिल्लाका ३ जना कोरोना संक्रमित खुला सीमाको चोरबाटो हुँदै जिल्लाको भुटाहा, मोतिपुर र करुजिया गाउँ फर्केका थिए । दुईजना निको भइ घर फर्के भने एकजना मो.बच्चा अनसारी नारायणी क्षेत्रिय अस्पताल बीरगञ्जमा उपचाररत छन् ।

उदाहरण – १०
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको सुस्ता खुला सीमानाबाट दिल्ली हुँदै फर्केका सुन्सरीका दुई जमातीहरुलाई सो गाउपालिका वार्ड नं ५ का अध्यक्ष प्रभुनाथ यादवले भारतीय प्रहरीलाई बुझाएका थिए ।

उदाहरण – ११
उदयपुरको त्रियुगा नपा. ३ भुल्कियाको मस्जिदमा आएका जमातीहरु भारतवाट जोगबनी खुलासीमा हुँदै विराटनगर, दुहवी, इनरुवा, सप्तरी उदयपुर लगायतका मस्जिद–मदर्शा घुम्दै भुल्कियाको मस्जिद पुगेका थिए । उदयपुरमा कोरोना संक्रमणको संख्या आजसम्म ३१ जना पुगेको छ ।

उदाहरण – १२
बाँके नेपालगञ्ज ८ लोहमपूर्वास्थित अन्सारी मस्जिदका ६० बर्षे जमाती भारतका विभिन्न ठाउँ र नानपारा हुँदै रुपेडिया सीमाबाट नेपाल प्रवेश गरेका थिए । उनी क्वारेन्टाइनवाट भागी घर फर्केर विभिन्न मस्जिद–मदरसा र घर–घरमा नमाज उर्दु भाषा लगायत पठन–पाठन गराउँदै हिडेका थिए । जसका कारण आफ्नै परिवारका सदस्य सहित २२ जना समुदायका मानिसमा संक्रमण फैलिएको थियो ।

उदाहरण – १३
बंगलादेशी नागरिक मो. अलि असरफ बंगलादेश बम काण्डका फरार अभियुक्त हुन् । उनी खुला सीमाका कारण नेपालमा सेल्टर लिएर बसेका थिए । सुनसरीको साविक सिमरिया गाविस हाल दुहवी नपा. १० वाट झुठो विवरण पेशगरी उनले नेपाली नागरिकता लिएका थिए । कीर्ते नागरिकता मुद्धामा दोषी ठहरभई उनी झुम्का जेल चलान भएका थिए । केही भारतीय अपराधीहरुसँग मिलेर सुरुङखनी जेलवाट भारत भागेका थिए ।

उदाहरण – १४
विभिन्न समयमा भारतीय सुरक्षाकर्मी, जासुसी र गुप्तचर संस्था खुला सीमाको फाइदा उठाई तराईका विभिन्न जिल्ला, काठमाडौं–पोखरा र केही पश्चिमी पहाडी जिल्लाहरुमा पूर्व स्वीकृति, जानकारी र सहमती विना नै प्रवेशगरी गैह्कानुनी ढंगले इनकाउन्टर, घरपकड र छापामारी रातारात भारत फर्केको घटना एउटा मात्र होइन, धेरै छन् ।

उदाहरण – १५

प्रहरीले सप्तरीको महादेवा गाउँपालिका वडा नं. ४ बस्ने अन्दाजी ५५ वर्षीय महम्मद जिवरेल, २९ वर्षीय रोजिद शेष, सोही जिल्लाको कन्चनपुर नगरपालिका वडा नं. ९ बस्ने ६४ वर्षको सफिद मियाँ, ५२ वर्षको तजबुल मियाँ, ६४ वर्षीय मोहम्मद सफिज रहमान, ४८ वर्षका मोहम्मद वकिल मियाँ, १८ वर्षको मोहम्मद खुर्सेद, ४८ वर्षीय मोहम्मद जाकिर तथा ६३ वर्षीय मोहम्मद इसराइज मियाँलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएको थियो ।

सीमा ओहोर–दोहोर
मोरङ जिल्लाको सुनवर्षी नगरपालिका–७ स्थित वरडंगाको १ सय ५९ नम्बर पिलर आसपास हाल मकैखेती लगाईएको छ । भारतीयले लगाएको उक्त मकैखेतीका कारण ओहोर–दोहोर सजिलो भएको छ । स्थानीयहरु भन्छन् –‘जसलाई जतिखेर मनलाग्छ, आउने–जाने गरेकै छन् ।’ आहोर–दोहोर गर्ने कार्य साँझ र रातमा बढी हुने गरेको पनि स्थानीयहरुको अनुभव रहेको छ ।

नेपालको बरडंगासँग जोडिएको भारतीय क्षेत्र साइदा वाद कलौनी छ । त्यहाँका भारतीयहरु हुल बनाएरै नेपालतर्फ गाई चराउन आउने गर्छन् ।

मोरङ जिल्लाको सीमा क्षेत्रमा मात्र होइन, मेचीदेखि महाकालीसम्मकै सीमावाट ओहोर–दोहोर गर्ने कार्य यथावत रहेको छ । खासगरी छोरी–बुहारी र छोरा–ज्वाईं माइती ससुराली धाउने र अवैध समाग्रीहरु ओसार–प्रसार गर्नकालागि खुला सीमा उपयोग हुँदै आएको देखिन्छ । तर आज त्यो रोटिबेटीको रक्तसम्बन्ध अभिषाप सावित भएको छ । लकडाउनसँगै भएको सीमा ‘सिल्ड’ले आवागमनलाई नियन्त्रण त गरेको छ । तर, निषेध गर्न सकेको छैन ।

अझ भारतीय सीमा क्षेत्रमा अहिले पनि हजारौं नेपाल छिर्ने दाऊ हेरेर बसेको स्रोतको दाबी रहेको छ । ति मध्ये कतिपय भने दैनिक छिरिरहेका नै छन् ।

खुला सीमाका कारण भारतीय पक्षले नेपाल तर्फ एकलौटीरूपमा बाटो बनाउने र बाँध र, तटबन्ध बाँध्ने कार्य विगत लामो समयदेखि गर्दै आएको छ । जसका कारण बर्षेनी नेपाली बस्ती र भूभाग डुबानमा पर्ने गरेका छन् ।

लागुपदार्थको ओसारपसार, चोरी निकासी, भन्सार छली, नक्कली नोट ओसारपसार, अबैध हातहतियार ओसारपसार, आतंकवादीका सेल्टरहरु स्थापना आदि कार्य हुने गरेको कुरा विभिन्न समयमा पुष्टि भएका छन् ।

अर्को महत्वपूर्ण पक्ष भनेको २३ जिल्लाका ७३ स्थानमा सीमा विवाद रहेको छ । जसमा भारतीय पक्षले एकलौटी ढंगले नेपाली सिमानामा रहेको जंगेपिलर लगायत अन्य सीमा स्तम्भ भत्काई सीमा मिचेका छन् । नेपालको गाउँ रातारात भारतीय सीमामा परेको दृष्टान्त धेरै छन् ।

दोहोरो नागरिकताको समस्या र दोहोरो मतदाता सूचीमा सुचिकृत अर्को डरलाग्दो समस्या छ । स्थानीय तह, प्रदेश, संघीय संसददेखि राज्यका विभिन्न अंग, निकाय र तहहरुमा आप्रवासी भारतीय नगरिकहरुले नियुक्ति पाएका छन् । जसका कारण  भारतवाट अत्याधिक  आप्रवासनका कारण मुलुकको राजनीतिक, सामाजिक, प्रशासनीक, आर्थिक (उद्योग-बाणिज्य), सांस्कृतिक, भाषिक, आन्तरिक शान्ति–सुरक्षा, सार्वभौसत्ता, स्वाधिनता र अखण्डतामा बारम्बार चुनौती र प्रश्न उठेका छन् ।

खुला सीमाको परिणाम – धार्चुला–लिपुलेक लिंक रोड
भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत धार्चुला–लिपुलेक लिंक रोड उद्घाटन गरेका छन् ।

भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्ग एकतर्फीरुपमा भारतले खोलेको हो । भारतीय रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै आफ्नै भूमीमा बाटो खोलेको दावी गरेको छ । तर, उसले खोलेको बाटो सन् १८१६ को सुगौली सन्धि विपरित छ । सन्धि अनुसार काली (महाकाली) नदी पूर्वका सम्पूर्ण भूभाग नेपालको हो । लिम्पियाधुरा मुहान भएको नदी नै सीमा नदी भएकाले गुञ्जी, गब्र्याङ, कुटियाङ्दीलगायतका सम्पूर्ण भूभाग नेपालको हो ।

सर्वे अफ इन्डियाले नेपाली भूभागसमेत भारततर्फ पर्नेगरी नोभेम्बर २०१९ यता दुईवटा राजनीतिक नक्सा प्रकाशन गरेपछि नेपालमा त्यसको चर्को विरोध भएको थियो । त्यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङले लिपुलेकलाई व्यापारिक मार्गको रुपमा विकास गर्ने भनी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । त्यतिबेला उनीहरूले नेपाललाई कुनै जानकारी दिएका थिएनन् ।

निश्कर्ष
सन् १८१६ को सुगौली सन्धि र सन् १९५० को शान्ति तथा मैत्री सन्धिको मर्म, भावना र ‘स्प्रिट’ विपरित भारतको तत्कालीन संस्थापक र हालका नरेन्द्र मोदी सरकार चलेको प्रष्ट छ । र, हिजोको भारतीय विज्ञप्तीमा उनीहरुको नेपाल र नेपाली विरोधी भावना समेत झल्कन्छ ।

सन् १९५० को सन्धि, सीमा विवाद, असमान सन्धि–संझौता र खुला सीमानाका कारण नेपाल र भारतमा उब्जेका समस्याहरुको समाधानकालागि दुबै देशका प्रबुद्ध ब्यक्ति समूह (इपीजी) गठन गरिएको थियो । सो समूहले विभिन्न मितिमा नेपाल र भारतमा बैठक गरी प्रतिवेदन समेत तयार गरिसकेको थियो । परन्तु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यस प्रतिवेदनलाई अस्वीकार गरे ।

हाल त्यस समूहका एकजना नेपाल तर्फका सदस्य निलाम्बर आचार्य भारतकालागि नेपाली राजदुत छन् भने अर्को समूहका सदस्य भगतसिंह कोसियारी महाराष्ट्रका गर्भनर छन् ।

आज यस महाब्याधी नेपालमा महामारीकोरूप फैलिनु भारतीय खुला सीमाना प्रमुख कारक भएको छ । माथि उल्लेखित उदाहरण, घटना, तथ्य–तथ्यांकहरु, भारतीय संस्थापन, उसको रक्षा मन्त्रालय, विदेश मन्त्रालय, नीति एवं काम कारवाहीहरुको विश्लेषण गर्दा नेपाल र नेपालीको सार्वभौमिकता, क्षेत्रिय अखण्डता, स्वाधिनता, आन्तरिक शान्ति सुरक्षा, राष्ट्रिय एकता, समृद्धि, विकास र कोरोना माहामारी लगायत समस्याहरुवाट मुक्ति पाउनकालागि भारतसँगको साढे १८ सय किलोमिटर खुला सीमानामा सशस्त्र प्रहरीको विओपी (बोर्डर आउट पोष्ट) सहित ब्यापारीक नाकाहरु अत्याधुनिक प्रविधि सहित रेगुलेट गरी बाँकी सीमानामा तत्काल काँडेतार वा पर्खाल लगाउनुको बिकल्प छैन ।

यसका लागि नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल, नेपाली सेना सहित अन्य सुरक्षा अंग, निकाय, तह, नागरिक समाज र आम जनसमुदाय निर्णायक एवं साहसिक निर्णयकालागि तयार रहनु आजको आवश्यकता भएको छ ।

(किशोर विश्वास, बहुलराष्ट्रिय समाजवादी पार्टी नेपालका अध्यक्ष हुन् ।)

सम्बन्धित समाचारहरु

ताजा समाचार