#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व590025036176329613142577173
नेपाल10425850187

सांसदहरुले उठाएका सवालमा सभामुखद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं ।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सीमा अतिक्रमण विरुद्ध सांसदहरुले उठाएका सवालमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले नेपाली भूमि माथिको भारतिय अतिक्रमण विरुद्ध प्रभावकारी कदम चाल्न र सीमा विवादको दीर्घकालिन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका थिए । आगामी आर्थिक बर्ष ०७७/७८ को विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफल चलिरहेको भएपनि संवेदनशील विषय भएकाले भारतीय अतिक्रमणविरुद्ध सांसदहरुलाई शुन्य समयमा धारणा राख्न सभामुखले समय दिएका थिए ।

शुन्य समयमा धारणा राख्ने अधिकांश सांसदहरुले सीमाविवाद समाधानका लागि चीन समेतको त्रिदेशीय वार्ता गर्न र समाधान नभए अन्तर्राष्ट्रिय अदालत जान सरकारलाई सुझाएका थिए । शुन्य समयमा सांसदहरुले धारणा राख्ने क्रम सकिएपछि सभामुख सापकोटाले ती विषयमा सरकारको विशेष ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, “माननीय सदस्यहरु, शुन्य समयमा बहुआयामिक महत्वका प्रश्नहरु माननीय सदस्यहरुले उठाउनु भएको छ । यी प्रश्नहरुमा नेपाल सरकारको विशेष ध्यानाकर्षण गराउँछु ।”

सम्बन्धित समाचारहरु

ताजा समाचार