#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व411432001131226932998830681986
नेपाल1448727914447699605
फाइल फोटो
नयाँ दिल्ली ।भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा कोभिड–१९ बाट सङ्क्रमित प्रहरीको सङ्ख्या एक हजारभन्दा बढी पुगेको महाराष्ट्रको प्रहरीले जानकारी गराएको छ ।मङ्गलबार आएको रिपोर्टमा थप २२१ प्रहरी सङ्क्रमित भएका भेटिएको छ । एक हजार सात प्रहरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने सात जनाको मृत्यु भएको छ । सङ्क्रमित प्रहरीमध्ये ११३ जना निको भएर घर फर्किएका छन् । सङ्क्रमणपछि चिकित्सकको निगरानीमा उपचार सेवा लिइरहेका ८८७ मध्ये ९१ जना प्रहरी अधिकृत रहेका छन् भने ७९६ जना प्रहरी जवान रहेका छन् ।मङ्गलबारसम्ममा भारतभर ७१ हजार ४४१ व्यक्ति सङ्क्रमित रहेकोमा सबैभन्दा बढी महाराष्ट्रमा २३ हजार ४०१ व्यक्ति सङ्क्रमित रहेका छन् भने यीमध्ये दुई हजार ३१० व्यक्तिको सङ्क्रमणपछि मृत्यु भएको छ ।भारतमा कोरोना भाइरस सङ्क्रमणको उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या पनि उल्लेख्य रहेको छ । मङ्गलबारसम्म देशभर २३ हजार ४९ व्यक्ति निको भई घर फर्किएका छन् ।यसैबीच, महाराष्ट्रमा महामारीको स्थितिबारे बुझ्न प्रधानमन्त्री प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्रका मुख्य मन्त्रीसँग भिडियोमार्फत कुराकानी गरेका थिए । मुख्यमन्त्री उद्वव थाक्रेले प्रधानमन्त्री मोदीसँग संघीय (केन्द्र) सरकारबाट थप सहयोगको लागि माग गरेको बताइएको छ ।रासस

महाराष्ट्रमा कोरोनाबाट सङ्क्रमित प्रहरीको सङ्ख्या एक हजारभन्दा बढी

फाइल फोटो

नयाँ दिल्ली ।

भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा कोभिड–१९ बाट सङ्क्रमित प्रहरीको सङ्ख्या एक हजारभन्दा बढी पुगेको महाराष्ट्रको प्रहरीले जानकारी गराएको छ ।

मङ्गलबार आएको रिपोर्टमा थप २२१ प्रहरी सङ्क्रमित भएका भेटिएको छ । एक हजार सात प्रहरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने सात जनाको मृत्यु भएको छ । सङ्क्रमित प्रहरीमध्ये ११३ जना निको भएर घर फर्किएका छन् । सङ्क्रमणपछि चिकित्सकको निगरानीमा उपचार सेवा लिइरहेका ८८७ मध्ये ९१ जना प्रहरी अधिकृत रहेका छन् भने ७९६ जना प्रहरी जवान रहेका छन् ।

मङ्गलबारसम्ममा भारतभर ७१ हजार ४४१ व्यक्ति सङ्क्रमित रहेकोमा सबैभन्दा बढी महाराष्ट्रमा २३ हजार ४०१ व्यक्ति सङ्क्रमित रहेका छन् भने यीमध्ये दुई हजार ३१० व्यक्तिको सङ्क्रमणपछि मृत्यु भएको छ ।

भारतमा कोरोना भाइरस सङ्क्रमणको उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या पनि उल्लेख्य रहेको छ । मङ्गलबारसम्म देशभर २३ हजार ४९ व्यक्ति निको भई घर फर्किएका छन् ।

यसैबीच, महाराष्ट्रमा महामारीको स्थितिबारे बुझ्न प्रधानमन्त्री प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्रका मुख्य मन्त्रीसँग भिडियोमार्फत कुराकानी गरेका थिए । मुख्यमन्त्री उद्वव थाक्रेले प्रधानमन्त्री मोदीसँग संघीय (केन्द्र) सरकारबाट थप सहयोगको लागि माग गरेको बताइएको छ ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार