#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21172280759349642777513985156
नेपाल2555199837517077

५० लाखसम्मको नवीनतम सुरुवाती पूँजी अनुदान

नेपाली समाजमा स्टार्ट अप भन्ने शब्द कुनै नौलो हैन । सुचना प्रबिधिका बिद्यार्थी हुन् वा म्यानेजमेन्ट वा बैदेशिक रोजगारबाट फर्केर आएका हुन् सबैको मानसपटलमा घुमीरहेको अनि स्टार्ट अपबाट नै लाखौं, करोडौं कमाएको देखिरहेको समाजमा हुर्किरहेको हामीले सुन्दै र बुझ्दै आएका छौं ।

१६ जुन २०१८ मा इन्डिया टाइम्सको अनलाइन संस्करणमा प्रकाशित समाचारमा राजस्थानका रुपेशकुमार बर्मा बेंगलोरमा एउटा सफ्टवेयर कम्पनिमा काम गर्दा गर्दै आफ्नै केहि सुरुवात गर्ने निष्कर्ष लिएर घोडसवार भएर निस्किए जुन सोसियल मिडियामा निकै नै भाइरल भयो । सन् १९८९ मा जन्मिएका राहुल यादवलाई इन्डियन स्टार्ट अपको ब्याड ब्वाईको समेत नाम दिइन्छ, जसले २६ बर्षको उमेरमा आफ्नाेले स्थापना गरेको हाउजिंग डट कम भन्ने रियल स्टेट पोर्टल कम्पनि छोड्दा २ हजार २५१ सहकर्मीलाई २ सय करोड भारतीय मूल्य बाँडेर गए । स्टार्ट अपले नयाँ तरिकाले काम गर्ने भएको ले यसले काम गर्न फ्रिडम, नयाँ काम गर्ने वाताबरण, सहि तरिकाले काम गर्दा राम्रो भबिष्य, समाज परिवर्तन आदि जस्ता बिषयलाई समेटेर लैजान्छ ।

स्टार्ट अप कुनै नयाँ उद्ममलाई सुरु गर्नुलाई भनिन्छ तर आजकलको समयमा कसैले केहि पसल वा दोकान नै खोले पनि त्यसलाई स्टार्ट अप भन्ने नाम दिनु सरासर गलत हो । आज भन्दा केहि वर्ष अगाडी सिक्किममा एक युवाले जुत्ता धुने कामको सुरुवात गरे त्यसलाई स्टार्ट अप भन्ने नाम दिइयो तर अब फेरी त्यस्तै जुत्ता धुने नै काम कसैले सिक्किममा गर्छ भने त्यसलाई स्टार्ट अप भन्न मिल्दैन । नविनतम सोचमा रहेको वा सानो पूँजी नौलो तरिकाबाट सुरु गरिएको व्यवसाय, सेवालाई स्टार्ट अप भनिन्छ जसले बाह्य लगानीको समेत अपेक्षा गरेको हुन्छ ।

बिकसित राष्ट्रहरुमा स्टार्ट अपलाई सरकारी तवरबाट नै उच्च प्राथिमिकताको बिषय मानिदै आइरहेको छ । जसमा सरकारले स्टार्ट अपहरुलाई प्रोत्साहन गर्ने, अनुदान दिने, भौतिक पूर्वाधारको व्यवस्था गर्ने आदि जस्तो सबै कुराको जोहो मिलाउने काम गर्दछन । विभिन्न देशमा स्टार्ट अप सम्बन्धि विभाग अनि मन्त्रालय पनि  छन् । पुराना तरिकाका ब्यापार व्यवसायलाई समेत नयाँ तौर तरिकाबाट गतिशील बानाउदै लैजाने अनि नयाँ स्टार्ट अपहरुलाई पनि विकास गर्दै लादा सम्पूर्ण समाज अनि देशको विकास हुन्छ ।

छिमेकी राष्ट्र भारतकै कुरा गर्ने हो भने ओयो रुम्स, बाइजु एजुकेशन आदि जस्ता राता रात प्रगतिको शिखरमा पुग्न सफल भए (कोरोना महामारी भन्दा अगाडीको अस्वस्थामा), ओला क्याब, मेक माइ ट्रीप अनि यस्तै विभिन्न सुरुवाती आइडियाहरुले हरेक समस्यालाई सहजीकरण गर्दै लग्यो । सिंगापुर, इजरायल, दुबई, श्रीलंका, बंगलादेशको पठाओ आदि जस्ता हामीले हाम्रै आँखा आगाडी देखि रहेको उदाहरणहरु हुन् ।

जापान, जर्मनी, संयुक्त राज्य अमेरिका, युनाइटेड किंगडम्, इजरायल, क्यानेडा, साउथ कोरिया, अस्ट्रेलिया, सिंगापुर देशमा स्टार्ट अप आदि जस्ता देशमा स्टार्ट अप, नविनतम सोच, अनि परिवर्तनका लागि सरकारले निक्कै नै सहयोग गर्दछ । अन्य देशमा समेत स्टार्ट अपलाई प्राथमिकता दिदै आएको पाइन्छ । फेरी छिमेकि राष्ट्र भारतकै कुरा गरौं जसले मेक इन इन्डिया भन्ने नारा चलाउँदै आएको छ ।

नेपाल भित्र नै हेर्ने हो भने टुटल, फुडमांडू, फुडमारियो, अर्बान केक, खलिसिसी, डुल्ला लेदर, ट्याक्सी बुकिंगको लागि सारथी, मेटलवुड आदि उपत्यका भित्रका गनिएका स्टार्ट अप हुन् जुन नविनतम सोचमा आधारित भएर आफ्नो सेवा प्रदान गरिरहेका छन् । स्टार्ट अपले देशको राजधानीमा मात्र जरा गाडेको भने हैन । पोखरा, बिराटनगर, धरान आदिमा पनि नयाँ सोच भएका युवाहरुले अहोरात्र खटिइ आफ्नो तथा समाजलाई नयाँ दिशामा लैजान अग्रसर भैरहेका छन् ।

नयाँ सोच र सपनालाई साकार बनाउनु एकदम नै गाह्रो कुरा हो । हरेक सफल स्टार्ट अपको पछाडी दु:खद कथा अवश्य नै हुन्छ । केलाउदै जाने हो भने, संघर्ष नै जीवन हो भन्ने थाहा हुन्छ । सरकारले नव प्रबर्तन सुरुवाती पूँजी अनुदानका लागि प्रस्ताब आव्हान र छनौट मापदण्ड तथा बिधि २०७७ नेपाली नयाँ सोच र देशमै केहि गर्नु पर्दछ भन्ने हरेक व्यक्तिको लागि एउटा अवसर लिएर आएको छ ।

जसको कार्य क्षेत्र नेपाल अधिराज्य भरि हुनेछ । जसमा सूचना प्रबिधि क्षेत्र अन्तर्गत सम्बन्धित क्षेत्रलाई एककृत गर्ने, मोबाईल एप्स, सफ्टवेयर, हाईटेक डिजिटल प्रबिधिको उत्पादन र प्रयोग गर्ने, भुक्तानी प्रणाली, सूचना प्रबिधि, इ-कमर्श, आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धि साथै कृषिमा उत्पादन, उतापदकत्व बढाउने कृषि औजार, मल बिउ, कृषि उपकरण, भण्डारण, संरक्षण बिधि, रोगको उपचार, बजारीकरण गर्ने उपकरण मोडेल, बनस्पति, जडिबुटी तथा कृषि जन्य बस्तुको ब्राण्ड प्रबर्दन गर्ने खालका प्रबिधि र उपयोग सम्बन्धी काम लगायत पर्नेछ । त्यसैगरि उर्जा उत्पादन, सो सँग सम्बन्धित यन्त्र एबम उपकरण र प्रबिधि, स्वास्थ्य सम्बन्धि जीवाणु, विषालु लगायत रोगको औषधि र खोपको आविष्कार सम्बन्धि अध्ययन, अनुसन्धान र बिस्तार, मानशिक स्वास्थ्य, योग, आयुर्बेद, प्राकृतिक चिकित्सक आदि क्षेत्रमा अध्ययन, अनुसन्धान र बिस्तार गर्ने क्षेत्र पनि पर्नेछ । यस्तै पर्यटनमा पर्यटकीय र मनोरंजन जस्ता सेवालाई सुरक्षित र प्रभावकारी बनाउने मोडेल, बिधि र प्रबिधि, यसैगरि शिक्षा शिक्षण सिकाइ क्रियाकलापमा प्रयोग हुने बिधि, उपकरण, मेसिन, प्रयोगशाला उपकरण, उद्योग अन्तर्गत दैनिक जीवनमा प्रयोग गरिने, घरायसी उपकरण, औजार, सरसामान, दैनिक जीवनयापनलाई सरल सहज र सुरक्षित बनाउने उपकरण, औजार, मेशिन र बिबिधमा बातावरण संरक्षण, सम्वर्धन, फोहोरमैला व्यवस्थापनका क्षेत्रमा पनि लगानी गर्नु पर्नेछ ।

पिउने पानीसँग सम्बन्धि उपकरण, यातायात सेवा, ट्राफिक व्यवस्थापन, विपद जोखिम व्यवस्थापन र उद्दार, स्वअध्ययन तथा तथ्यमा आधारित अनुसन्धानको माध्यमबाट सार्बजनिक हितमा शासकीय सुधारका लागि बस्तु वा सेवाको उत्पादनसँग सम्बन्धित कार्यहरुमा नवप्रबर्तन शुरुवाती पूँजी अनुदान स्वरूप कुल लागत रकमको पचास प्रतिशत रकम नवीन ज्ञान, सिप, प्रबिधि र क्षमता प्रयोग गरि वस्तु वा सेवा उत्पादन गर्ने लघु, घरेलु, साना तथा मझौला उद्योग, फर्म वा कम्पनीलाइ अनुदान स्वरूप उपलब्ध गराउने भएको छ ।

नव प्रबर्तन सुरुवाती पुँजी अनुदानका लागि प्रस्ताव आव्हान र छनौट मापदण्ड तथा बिधि ०७७ अनुसार विधिवत रुपमा नेपाल सरकारको मान्यता प्राप्त निकायमा दर्ता भएको हुनुपर्नेछ साथै यसको अवधि बढीमा एक वर्ष ६ महिनाको हुने छ । सो सम्बन्धि मोबाइल एप्स, उत्पादन, उपकरण, औजार, सेवा, सफ्टवेयर आदि नेपालमै बनेको हुनु पर्नेछ ।

राष्ट्रिय योजना आयोगको आधिकारिक वेबसाइटमा प्रकाशित सूचनाको आधारमा तोकिएको म्याद भित्र प्रस्ताव तयार पारि पेश गर्नु पर्नेछ । जसमा अनुदान मागेको रकम, अन्य लगानी साझेदारीसमेत खुलाउनु पर्नेछ । नव प्रबर्तन सुरुवाती पुँजी अनुदान माग गर्दा न्युनतम दश लाखदेखि एक करोडसम्मको कार्यको लागि कुल लागतको बढीमा पचास प्रतिसत रकम माग गर्न सकिनेछ । सो रकम विभिन्न छनौटका मापदण्ड अनुसार छनौटमा परे मात्र पाइनेछ । जुन रकम पहिलो किस्ता प्रस्ताब छनौट भए पछि स्वीकृत रकमको तिस प्रतिशत, दोश्रो किस्ता पचास प्रतिशत कार्य सम्पन्न भएको आधारमा चालिस प्रतिशत र तेश्रो वा अन्तिम किस्ता बापत तीस प्रतिशत रकम कार्य सम्पन्न भए पछि भुक्तानी गरिने प्राबधान रहेको छ । कार्य प्रगति विवरण सम्बन्धित निकायमा बुझाउनु पर्नेछ भने, सम्पूर्ण कार्य प्रगतीको अनुगमन प्रतिवेदन राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा पेश गर्नु पर्नेछ ।

नयाँ सोच र जागरलाई सरकारी तवरबाट सहयोग गरिनु सम्पूर्ण नबिन सोच भएकाहरुको लागि एउटा बरदान हो । जुनै पनि ब्यापार ब्यवसायमा लगानीले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । उद्ममले परिवर्तनको एउटा सपना पनि बोकेको हुन्छ । समाज परिवर्तनले सम्पूर्ण देशकै परिवर्तन हाकेको हुन्छ । नविनतम सोचले नयाँ परिवर्तन लिएर आउने मात्र नभई पुराना प्रबिधिका कुराहरु, सेवा, बास  बिस्तारलाइ समेत नयाँ परिवर्तनको ढाँचामा लियेर आएर सम्पूर्ण समाजलाई नयाँ गति तिर मोडन सफल हुन्छ ।

(लेखक सुचना प्रबिधि क्षेत्रमा सन् २००३ देखि कार्यरत प्रकाश उप्रेती, जियो लोकेसनमा आधारित पार्टटाईम काम र कामदार पाउने स्टार्ट अप श्रीयोग डट कमका संस्थापक पनि हुन ।)

सम्बन्धित समाचारहरु

ताजा समाचार