विश्वभर कोभिड–१९ सङ्क्रमित मध्ये ४ लाख ६ हजार १२७ व्यक्तिको मृत्यु

विश्वभर कोभिड–१९ सङ्क्रमित मध्ये ४ लाख ६ हजार १२७ व्यक्तिको मृत्यु


काठमाडौं ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण आइतबारसम्ममा विश्वभर चार लाख ६ हजार १२७ व्यक्तिको मृत्यु भएको छ भने ७० लाख ८६ हजार ७४० जना सङ्क्रमित भएका छन् ।

जोन अकिन्स विश्वविद्यालयद्वारा उपलब्ध गराएको पछिल्लो विवरण अनुसार संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी एक लाख १० हजार बढी कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ भने १९ लाख २५ हजारभन्दा बढी सङ्क्रमित रहेका छन् ।

सङ्क्रमणका हिसाबले दोस्रो धेरै सङ्क्रमित ब्राजिलमा ६ लाख ७२ हजार ८४६ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ब्राजिलमा आइतबारसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ३५ हजार ९३० पुगेको बताइएको छ ।

त्यसैगरी रूसमा ४ लाख ६७ हजार ७३ र बेलायतमा २ लाख ८६ हजार व्यक्ति सङ्क्रमित भएका छन् । बेलायतमा कोभिड–१९ सङ्क्रमित ४० हजार ५४८ व्यक्तिको मृत्यु भएको छ । अहिलेसम्म कोभिड–१९ सङ्क्रमित दोस्रो धेरै व्यक्तिको मृत्यु हुने मुलुक बेलायत भएको छ । रूसमा सङ्क्रमितको सङ्ख्या धेरै देखिए पनि मृत्यु दर अन्य ठूला देशको तुलनामा निकै कम देखिएको छ । यहाँ पाँच हजार ८५९ व्यक्तिको मृत्यु भएको छ ।

यसैबीच कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्याका आधारमा भारत बढी प्रभावित मुलुकहरू इटाली र स्पेनभन्दा अघि आएको छ । भारतमा आइतबारसम्म दुई लाख ५७ हजार ६७८ व्यक्ति सङ्क्रमित भेटिएका छन् भने करिब ७ हजार व्यक्तिको मृत्यु भएको छ । भारत कोरोना भाइरस प्रभावित मुलुकहरूको सूचीमा पाँचौँ स्थानमा पुगेको छ ।रासस

Logo