कतारमा कोरोनाबाट ४ नेपालीसहित ५४ जनाको मृत्यु

कतारमा कोरोनाबाट ४ नेपालीसहित ५४ जनाको मृत्यु


  • तिलु शर्मा पौडेल
    दोहा कतार ।

आज थप १,५९५ जनामा सङ्क्रमण देखिए सँगै कतारमा कोरोनाबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या ६८ हजार ७९० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १४२ जनामा परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा १ हजार ८११ जनाले स्वास्थ्य लाभ गरेसँगै कुल स्वास्थ्य लाभ गर्नेको सङ्ख्या ४४ हजार ३३८ पुगेको छ । थप ३ सहित कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको छ । २४ हजार ३९८ जनाको क्वारेन्टाइनमा उपचार चलिरहेको छ ।

सङ्क्रमितहरू धेरै जसो फरक फरक समुदायका आप्रवासी कामदारहरू रहेका छन् । ४ लाख भन्दा बढी नेपालीहरू कार्यरत रहेको कतारमा ४ जना नेपालीको कोरोनाको कारण ज्यान गएको छ । ती मध्ये २ जनाको मृत्युको प्रमुख कारण अन्य रोग भए पनि अन्तिम अवस्थामा कोरोनाको लक्षण समेत देखिएको कारण उनीहरूको मृत्यु पनि कोरोनाकै कारण भएको मानिने नेपाली नियोगका वित्तीय सचिव प्रवीण भट्टराईले जानकारी गराएका छन् ।

कतारमा आजसम्म कुल २ लाख ५५ हजार ५५३ जनामा कोरोनाको परीक्षण गरिएको छ । ती मध्ये १ हजार ५८१ जनालाई डाक्टरहरूको प्रत्यक्ष निगरानीमा राखिएको छ भने १३५ जनालाई अस्पताल भर्ना गरिएको छ । थप २२ जना सहित आइसियुमा रहने बिरामीको सङ्ख्या २४५ पुगेको छ ।

स्वास्थ्यमा कुनै समस्या भएमा या कोरोनाको प्रारम्भिक लक्षण देखिएमा मैदर, अल रवादत, उमसलाल अलि र गराफामा रहेका हेल्थ सेन्टरमा सोझै गएर परीक्षण गर्न सकिने कतार हेल्थ अथोरिटीले सूचना सार्वजनिक गरेर जानकारी दिएको छ ।

Skip This
Logo