ग्यापु डटकम र सेल्सबेरीबीच ब्यापार साझेदारी, २४ घण्टाभित्र निःशुल्क डेलिभरी

ग्यापु डटकम र सेल्सबेरीबीच ब्यापार साझेदारी, २४ घण्टाभित्र निःशुल्क डेलिभरी


काठमाडौं ।

मुलुकमा लकडाउन कायम रहेका बेला घर घरमा दैनिक उपभोग्य सामान पु¥याउन ग्यापु डटकम र सेल्सबेरीबीच ब्यापार साझेदारी भएको छ । यी कम्पनीहरुले २४ घण्टाभित्र निःशुल्क डेलिभरी गर्ने जनाएका छन् ।

ग्यापु डटकमले घरायसी सामग्रीको अत्याधिक रुपमा होम डेलिभरी गर्दै आएको छ । त्यस्तै, अग्रणी किराना तथा डिपार्टमेन्ट चेन सेल्सबेरीले दैनिक उपभोग्य तथा डिपार्टमेन्ट स्टोरका सामानहरुको विक्री गर्दै आएको छ । काठमाडौं, बनेपा र पोखराका २३ आउट लेटमार्फत सेवा दिइरहेको सेल्सबेरीमा उपलब्ध १ हजार ४ सय भन्दा धेरै घरायसी सामान ग्राहकले ग्यापु डटकमको वेबसाइट वा मोबाइल एप मार्फत अर्डर गर्न सकिनेछ । ग्राहकले अर्डर गरेको सामान ग्यापुका कर्मचारीहरुले २४ घण्टा भित्र निःशुल्क डेलिभरी गरिने जनाइएको छ ।

ग्राहकले कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय बैंक कार्डहरू, फोन पे आइएमई पे, प्रभु पे, खल्ती लगायतबाट सामान अर्डरको बिल तिर्न सक्नेछन् । ग्राहकले डेलिभरी पूर्व ई–सेवाबाट पैसा तिरि क्यासब्याक समेत लिन सक्ने जनाइएको छ । ग्यापुले अहिले मुलुकभित्र मात्रै आफ्नो सेवा दिइरहेको छ । लकडाउन खुलेसँगै मुलुकका मुख्य शहरहरुमा बिस्तार गरिने ग्यापु डटकमले जनाएको छ ।

Skip This
Logo