#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काठमाडौं ।आज जेठ ३ गते , तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ०५० साल आजकै दिन दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो । आज नेपाल कम्युनिस्ट पार्टी नेकपाले २७ औं मदन आश्रित स्मृति दिवस मनाएको छ ।नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष नेकपाले विभिन्न कार्यक्रम गर्दै आएको छ ।२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो । सो दिनको सम्झनामा नेकपाले जेठ ३ गते सो दिवस मनाउन लागेको हो । मदन भण्डारीलाई आज धेरैले सम्झिए । नेकपाकै एक नेता एवं पूर्वमन्त्री प्रदिप नेपालले उनलाई यसरी सम्झिए :"सामान्यतया मदन भण्डारी अत्यन्तै अध्ययनशील साथै नयाँ कुराहरु खोजिरहने मान्छे हुनुहुन्थ्यो । सुरुमा उहाँ र म एउटा, एउटा अञ्चलको सचिव थियौं । उहाँ कोशीको हुनुहुन्थ्यो । म मेचीको थिएँ । त्यसकारण हामी समकालिन जस्तै थियौं । तर वि.स. २०३६ सालको विद्यार्थी संघर्षपछि उहाँको चेतना एकदमै दौडिन थाल्यो । हामी पछि पछि कुद्ने भयौं । केही उहाँसँग सरोकार नराख्ने पनि भए । र उहाँले सबैभन्दा पहिला दार्शनिक आधारमा बोल्नु भएन । राजनीति भनेको एउटा ठोस आधारमा बोलिन्छ । दार्शनिक आधारमा सामन्तवाद, साम्राज्यवादप्रति हाम्रो विरोध छ । तर, नेपालमा साम्राज्यवाद, सामन्तवादप्रति के हो ? कसले त्यसलाई प्रतिनिधित्व गर्छ ? व्यापारी वा राजाले ? राजाले गर्ने भए राजै बन्नुपर्छ । भन्ने कुरा ल्याउनु भयो । पार्टीमा ठूलो बहस पनि भयो । तर, आखिरमा पार्टीले उहाँले भन्नु भएको कुरालाई नै स्वीकार ग¥यो ।त्यहाँबाट उहाँ रकेट जस्तै अगाडी बढ्दै जानुभयो । हामी पछि पछि कुद्दै गयौं । उहाँको विशिष्ट बिशेषता भनेकै नयाँ कुरा खोजी गर्ने थियो । त्यसपछि सोभियत संघको पतनपछि संसारभरी कम्यूनिष्टहरु रोइरहेको बेला थियो । अब कम्यूनिष्ट आन्दोलन सकियो भनेर मान्छेहरु हल्ला गरिरहेको बेलामा उहाँले एउटा नयाँ चिज ल्याउनु भयो । जनतालाई काम नलाग्ने कुनै पनि नारा चाहे त्यो कम्यूनिष्ट, कांग्रेस या पञ्चायतले दियोस् कुनै पनि नारा पार्टीले बोक्नु हुदैन । म फलानो पार्टी यो मेरो नारा भन्नु हुदैन । जनताको जे नारा छ त्यो पार्टीले बोक्नुपर्छ भन्ने उहाँले नेपालमा नयाँ थेसिस ल्याउनु भयो । अनि अर्को कुरा उहाँले भन्नु भएको ‘कम्यूनिष्ट भनेको सबैभन्दा प्रजातान्त्रिक हुनुपर्छ । किनभने कम्यूनिष्ट भनेको समाजवाद आएपछि उस्को चरित्र पुष्टि गर्ने हो’ ।पुँजीवाद साँघुरो होइन खुकुलो हुनुपर्छ भन्ने जनपक्षिय सोचसहित उहाँले कम्यूनिष्टलाई पुर्नगठन गर्नुपर्छ भनेर प्रस्ताव ल्याउनु भयो । त्यसपछि उहाँ एमालेको नेता हुनु भयो । हामी मालेहरुको नेता हुनुको एउटै कारण पुँजीवाद भन्दा समाजवाद लचिलो, फराकिलो हुनुपर्छ । त्यसै आधारमा प्रजातान्त्रिक कम्यूनिष्ट पार्टी पनि भने तर, उहाँले आफुलाई कहिल्यै पनि प्रजातान्त्रिक कम्यूनिष्ट भन्नु भएन । तर, कम्यूनिष्टहरु अनिवार्य रुपमा प्रजातान्त्रिक हुनुपर्छ भन्नु भयो ।यो देन चाहीं मास्कवाद सिधैं नेपालमा ल्याउने देन हो । हामी मास्क भन्थ्यौं, स्टालियन भन्थ्यौं तर, मास्क र यी पछाडीका नेताहरुसँग कसैको केही मिल्दैन । उनीहरु आफ्ना देशका नेताहरु भए तर, अन्तर्राष्ट्रिय विज्ञान सम्बन्धित दर्शन कसैले बुझ्न सकेनन् । त्यो चाही मदन भण्डारीले मात्र बुझ्नु भयो ।अहिले ज–जस्ले जे भने पनि यो गणतन्त्र पनि उहाँकै देन हो । उहाँले भन्नु भएको छ ‘राजा हिन्दु भएकोले देश हिन्दु भएको हो । कुनै दिन राजतन्त्र नेपालमा भएन भने त्यसपछि नेपाललाई हिन्दु भन्न पाइन्दैन ।’ यो कुरा उहाँले २०४७ सालमा भन्नु भएको हो । प्रजातन्त्र फाल्नुपर्छ भन्दा पनि राजतन्त्र रहुन्जेल नेपाल हिन्दु हुन्छ । राजा नरहेपछि नेपाल धर्मनिरपेक्ष हुनुपर्छ भन्नु भएको थियो ।यो सम्भावना देख्न सक्ने क्षमता उहाँमा थियो । मदन भण्डारी हुनुहुन्थ्यो भने अहिले संघियता आउदै आउदैन थियो । उहाँले सम्पूर्ण अधिकार नगरपालिका, गाबिसलाई देउ । नागरिकलाई दिने अधिकार पनि देउ । भन्नुहुन्थ्यो । त्यो संघियता होइन । त्यो माथिबाट प्रायोजित संघियता जस्तो हो । उहाँको यो योगदान नेपाल र दक्षिण एसियालाई दिएको सबैभन्दा ठुलो उपहार हो ।उहाँ मर्ने कुरामा अनेक अनेक भन्छन् । राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी ओली, खै मदन भण्डारीलाई कसले मा¥यो ? मान्छेलाई थाहा भए पनि बौल्दैनन् । मदन भण्डारीको हत्यामा अमेरिकन सिआइएको ठूलो हात छ । त्यो गल्ती मैले पनि धेरै पछि पत्ता लगाएँ । उहाँलाई २०४७ सालमा अमेरीकाको पत्रिका न्युज विकले ‘कार्लमाक्स स्टिल लिभ्स इन नेपाल’ भनेर छापेको छ ।त्यतिखेरै न्युजविकले छाप्नु भनेको नेपालीले नयाँ गित गाएको त होइन ? त्यसपछि उसले आफ्नो हेडहरुलाई भन्दियो, यो मान्छे कार्लमाक्स हो भनेर । त्यो भन्दा केही महिना अघि दक्षिण अफ्रिकाका कम्यूनिष्ट महासचिव क्रिसहानी मारिए । त्यो शोक सभामा नेल्सन मण्डेलाले ‘अब म भइञ्जेल सबैलाई बचाउँछु । म पछि चाहीं के हुन्छ मलाई थाहा छैन । किनभने मलाई बुझेर म जतिकै काम गर्ने क्रिसहानी मारिए । कस्ले मारेको हो म खोज्छु’ भनेका थिए ।क्रिसहानी दक्षिण अफ्रिकाको कम्यूनिष्ट महासचिव थिए भने मदन भण्डारी नेपाल कम्यूनिष्ट पार्टी एमालेका महासचिव । यी दुवैको हत्याको प्रकृति एउटै छ । जहाँ जहाँ नयाँ लिडरसिप उत्पादन हुन्छ त्यसलाई मारिहाल्ने । त्यही भएर यो केपी ओली, विद्या भण्डारीलाई भनेर केही फाइदा छैन । उहाँहरुलाई थाहा भएपनि बोल्न सक्नुहुन्न । बोल्न सकेपनि के बोल्नु ।उहाँ परासम्भावनाको दृष्टि राख्ने, अलिक चाहिने भन्दा निर्भिकता र अटेरी पनि हुनुहुन्थ्यो । त्यतिखेरै पनि पोखरामा साथीहरुले दुई तिन वटा गाडीहरुसँगै लिएर जाउँ बरु हामी १९ वटा जति बाइक खोज्न सक्छांै भनेका रहेछन् । तर, उहाँले होइन पर्दैन म सामान्य मान्छे, मलाई कस्ले के गर्छ भन्नु भयो । त्यही सामान्य मान्छे कसले के गर्छ भन्ने भनाईले नै उहाँ मारिनु भयो ।उहाँले सर्धै भाषण गर्दा भन्नु हुन्थ्यो, ‘पर्दा पछाडीबाट राजनितिक नगर्नुहोस महाराज, खुलेर राजनितिक गर्न आउनुहोस् म चुनौती दिन्छु ।’ उहाँसँग राजा होइन राजाका भाँडकहरु चाहीं रिसाएका हुन् । उहाँलाई एकपटक दरबारबाट बोलाइयो । आधा घण्टाको समय भनेर, तर एक घण्टा ४५ मिनेट कुरा भएको रहेछ । मैले के कुरा भयो त्यस्तो तपाईलाई मारेन् भन्दा उहाँ हाँस्नु भयो । राजाले यति धेरै समय दिए रे उहाँले भन्नु भएको ‘राजा भनेको एउटा बेग्लै देउता हो हामी जनता भनेको सामन्य मान्छे हौं । राजा र जनताको बीच एउटा ठूलो पर्खाल सिर्जना गरिएको छ । त्यो पर्खाल जनताले भत्काउन सक्दैन । राजाले भत्काउनु पर्छ ।’उहाँलाई पृथ्वीनारायण शाहको सबै इतिहास कन्ठ थियो । ‘यति चीज गरियो भने राजतन्त्र टिक्छ । नभए टिक्दैन । तर, पनि एकदिन न एक दिन राजतन्त्र जान्छ जान्छ । हाम्रो पार्टी पनि जान्छ । सेना पनि जान्छ सबै जान्छ । यो घुमन्तेहरुको संसार हुन्छ । त्यसैले लोभ धेरै गर्नु हुदैन’ भनें राजाले सकारात्मक प्रतिक्रिया दिए । भन्नु भयो मलाई अलिक पत्याउन गाह्रो भयो राजाले त्यति कुरामा कसरी जस्तो लाग्यो ।त्यसपछि राजाले फेरी पुरानो दमाईलाई बोलाएर कुर्ता सुरुवाल सिलाए रे भन्ने हल्ला बजारमा आए । त्यसपछि साच्चिकै हो भन्ने भयो । उहाँ सादा जीवन उच्च बिचार भएको मान्छे । उहाँसँग लोभ केही को पनि थिएन । पार्टी एकता भएपछि म अध्यक्ष हुन्छु भन्ने थिएन । मनमोहन अध्यक्ष म महासचिव भन्नु भयो । पछि प्रतिपक्षी दलको नेता उहाँलाई भनिएको थियो, त्यो पनि मान्नु भएन । त्यतिखेर प्रधानमन्त्रीको बेला भएको भए पनि सिधै मनमोहनलाई नै बनाउनु हुन्थ्यो । उहाँ लोभलालच नभएको व्यक्ति हुनुहुन्थ्यो ।"[embed]https://youtu.be/ENlAGiGATm4[/embed]

नेकपा नेता एवं पूर्वमन्त्री प्रदिप नेपालको नजरमा मदन भण्डारी (भिडियोसहित)

Shares324

काठमाडौं ।

आज जेठ ३ गते , तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ०५० साल आजकै दिन दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो । आज नेपाल कम्युनिस्ट पार्टी नेकपाले २७ औं मदन आश्रित स्मृति दिवस मनाएको छ ।

नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष नेकपाले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो । सो दिनको सम्झनामा नेकपाले जेठ ३ गते सो दिवस मनाउन लागेको हो । मदन भण्डारीलाई आज धेरैले सम्झिए । नेकपाकै एक नेता एवं पूर्वमन्त्री प्रदिप नेपालले उनलाई यसरी सम्झिए :

“सामान्यतया मदन भण्डारी अत्यन्तै अध्ययनशील साथै नयाँ कुराहरु खोजिरहने मान्छे हुनुहुन्थ्यो । सुरुमा उहाँ र म एउटा, एउटा अञ्चलको सचिव थियौं । उहाँ कोशीको हुनुहुन्थ्यो । म मेचीको थिएँ । त्यसकारण हामी समकालिन जस्तै थियौं । तर वि.स. २०३६ सालको विद्यार्थी संघर्षपछि उहाँको चेतना एकदमै दौडिन थाल्यो । हामी पछि पछि कुद्ने भयौं । केही उहाँसँग सरोकार नराख्ने पनि भए । र उहाँले सबैभन्दा पहिला दार्शनिक आधारमा बोल्नु भएन । राजनीति भनेको एउटा ठोस आधारमा बोलिन्छ । दार्शनिक आधारमा सामन्तवाद, साम्राज्यवादप्रति हाम्रो विरोध छ । तर, नेपालमा साम्राज्यवाद, सामन्तवादप्रति के हो ? कसले त्यसलाई प्रतिनिधित्व गर्छ ? व्यापारी वा राजाले ? राजाले गर्ने भए राजै बन्नुपर्छ । भन्ने कुरा ल्याउनु भयो । पार्टीमा ठूलो बहस पनि भयो । तर, आखिरमा पार्टीले उहाँले भन्नु भएको कुरालाई नै स्वीकार ग¥यो ।

त्यहाँबाट उहाँ रकेट जस्तै अगाडी बढ्दै जानुभयो । हामी पछि पछि कुद्दै गयौं । उहाँको विशिष्ट बिशेषता भनेकै नयाँ कुरा खोजी गर्ने थियो । त्यसपछि सोभियत संघको पतनपछि संसारभरी कम्यूनिष्टहरु रोइरहेको बेला थियो । अब कम्यूनिष्ट आन्दोलन सकियो भनेर मान्छेहरु हल्ला गरिरहेको बेलामा उहाँले एउटा नयाँ चिज ल्याउनु भयो । जनतालाई काम नलाग्ने कुनै पनि नारा चाहे त्यो कम्यूनिष्ट, कांग्रेस या पञ्चायतले दियोस् कुनै पनि नारा पार्टीले बोक्नु हुदैन । म फलानो पार्टी यो मेरो नारा भन्नु हुदैन । जनताको जे नारा छ त्यो पार्टीले बोक्नुपर्छ भन्ने उहाँले नेपालमा नयाँ थेसिस ल्याउनु भयो । अनि अर्को कुरा उहाँले भन्नु भएको ‘कम्यूनिष्ट भनेको सबैभन्दा प्रजातान्त्रिक हुनुपर्छ । किनभने कम्यूनिष्ट भनेको समाजवाद आएपछि उस्को चरित्र पुष्टि गर्ने हो’ ।

पुँजीवाद साँघुरो होइन खुकुलो हुनुपर्छ भन्ने जनपक्षिय सोचसहित उहाँले कम्यूनिष्टलाई पुर्नगठन गर्नुपर्छ भनेर प्रस्ताव ल्याउनु भयो । त्यसपछि उहाँ एमालेको नेता हुनु भयो । हामी मालेहरुको नेता हुनुको एउटै कारण पुँजीवाद भन्दा समाजवाद लचिलो, फराकिलो हुनुपर्छ । त्यसै आधारमा प्रजातान्त्रिक कम्यूनिष्ट पार्टी पनि भने तर, उहाँले आफुलाई कहिल्यै पनि प्रजातान्त्रिक कम्यूनिष्ट भन्नु भएन । तर, कम्यूनिष्टहरु अनिवार्य रुपमा प्रजातान्त्रिक हुनुपर्छ भन्नु भयो ।

यो देन चाहीं मास्कवाद सिधैं नेपालमा ल्याउने देन हो । हामी मास्क भन्थ्यौं, स्टालियन भन्थ्यौं तर, मास्क र यी पछाडीका नेताहरुसँग कसैको केही मिल्दैन । उनीहरु आफ्ना देशका नेताहरु भए तर, अन्तर्राष्ट्रिय विज्ञान सम्बन्धित दर्शन कसैले बुझ्न सकेनन् । त्यो चाही मदन भण्डारीले मात्र बुझ्नु भयो ।

अहिले ज–जस्ले जे भने पनि यो गणतन्त्र पनि उहाँकै देन हो । उहाँले भन्नु भएको छ ‘राजा हिन्दु भएकोले देश हिन्दु भएको हो । कुनै दिन राजतन्त्र नेपालमा भएन भने त्यसपछि नेपाललाई हिन्दु भन्न पाइन्दैन ।’ यो कुरा उहाँले २०४७ सालमा भन्नु भएको हो । प्रजातन्त्र फाल्नुपर्छ भन्दा पनि राजतन्त्र रहुन्जेल नेपाल हिन्दु हुन्छ । राजा नरहेपछि नेपाल धर्मनिरपेक्ष हुनुपर्छ भन्नु भएको थियो ।

यो सम्भावना देख्न सक्ने क्षमता उहाँमा थियो । मदन भण्डारी हुनुहुन्थ्यो भने अहिले संघियता आउदै आउदैन थियो । उहाँले सम्पूर्ण अधिकार नगरपालिका, गाबिसलाई देउ । नागरिकलाई दिने अधिकार पनि देउ । भन्नुहुन्थ्यो । त्यो संघियता होइन । त्यो माथिबाट प्रायोजित संघियता जस्तो हो । उहाँको यो योगदान नेपाल र दक्षिण एसियालाई दिएको सबैभन्दा ठुलो उपहार हो ।

उहाँ मर्ने कुरामा अनेक अनेक भन्छन् । राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी ओली, खै मदन भण्डारीलाई कसले मा¥यो ? मान्छेलाई थाहा भए पनि बौल्दैनन् । मदन भण्डारीको हत्यामा अमेरिकन सिआइएको ठूलो हात छ । त्यो गल्ती मैले पनि धेरै पछि पत्ता लगाएँ । उहाँलाई २०४७ सालमा अमेरीकाको पत्रिका न्युज विकले ‘कार्लमाक्स स्टिल लिभ्स इन नेपाल’ भनेर छापेको छ ।

त्यतिखेरै न्युजविकले छाप्नु भनेको नेपालीले नयाँ गित गाएको त होइन ? त्यसपछि उसले आफ्नो हेडहरुलाई भन्दियो, यो मान्छे कार्लमाक्स हो भनेर । त्यो भन्दा केही महिना अघि दक्षिण अफ्रिकाका कम्यूनिष्ट महासचिव क्रिसहानी मारिए । त्यो शोक सभामा नेल्सन मण्डेलाले ‘अब म भइञ्जेल सबैलाई बचाउँछु । म पछि चाहीं के हुन्छ मलाई थाहा छैन । किनभने मलाई बुझेर म जतिकै काम गर्ने क्रिसहानी मारिए । कस्ले मारेको हो म खोज्छु’ भनेका थिए ।

क्रिसहानी दक्षिण अफ्रिकाको कम्यूनिष्ट महासचिव थिए भने मदन भण्डारी नेपाल कम्यूनिष्ट पार्टी एमालेका महासचिव । यी दुवैको हत्याको प्रकृति एउटै छ । जहाँ जहाँ नयाँ लिडरसिप उत्पादन हुन्छ त्यसलाई मारिहाल्ने । त्यही भएर यो केपी ओली, विद्या भण्डारीलाई भनेर केही फाइदा छैन । उहाँहरुलाई थाहा भएपनि बोल्न सक्नुहुन्न । बोल्न सकेपनि के बोल्नु ।

उहाँ परासम्भावनाको दृष्टि राख्ने, अलिक चाहिने भन्दा निर्भिकता र अटेरी पनि हुनुहुन्थ्यो । त्यतिखेरै पनि पोखरामा साथीहरुले दुई तिन वटा गाडीहरुसँगै लिएर जाउँ बरु हामी १९ वटा जति बाइक खोज्न सक्छांै भनेका रहेछन् । तर, उहाँले होइन पर्दैन म सामान्य मान्छे, मलाई कस्ले के गर्छ भन्नु भयो । त्यही सामान्य मान्छे कसले के गर्छ भन्ने भनाईले नै उहाँ मारिनु भयो ।

उहाँले सर्धै भाषण गर्दा भन्नु हुन्थ्यो, ‘पर्दा पछाडीबाट राजनितिक नगर्नुहोस महाराज, खुलेर राजनितिक गर्न आउनुहोस् म चुनौती दिन्छु ।’ उहाँसँग राजा होइन राजाका भाँडकहरु चाहीं रिसाएका हुन् । उहाँलाई एकपटक दरबारबाट बोलाइयो । आधा घण्टाको समय भनेर, तर एक घण्टा ४५ मिनेट कुरा भएको रहेछ । मैले के कुरा भयो त्यस्तो तपाईलाई मारेन् भन्दा उहाँ हाँस्नु भयो । राजाले यति धेरै समय दिए रे उहाँले भन्नु भएको ‘राजा भनेको एउटा बेग्लै देउता हो हामी जनता भनेको सामन्य मान्छे हौं । राजा र जनताको बीच एउटा ठूलो पर्खाल सिर्जना गरिएको छ । त्यो पर्खाल जनताले भत्काउन सक्दैन । राजाले भत्काउनु पर्छ ।’

उहाँलाई पृथ्वीनारायण शाहको सबै इतिहास कन्ठ थियो । ‘यति चीज गरियो भने राजतन्त्र टिक्छ । नभए टिक्दैन । तर, पनि एकदिन न एक दिन राजतन्त्र जान्छ जान्छ । हाम्रो पार्टी पनि जान्छ । सेना पनि जान्छ सबै जान्छ । यो घुमन्तेहरुको संसार हुन्छ । त्यसैले लोभ धेरै गर्नु हुदैन’ भनें राजाले सकारात्मक प्रतिक्रिया दिए । भन्नु भयो मलाई अलिक पत्याउन गाह्रो भयो राजाले त्यति कुरामा कसरी जस्तो लाग्यो ।

त्यसपछि राजाले फेरी पुरानो दमाईलाई बोलाएर कुर्ता सुरुवाल सिलाए रे भन्ने हल्ला बजारमा आए । त्यसपछि साच्चिकै हो भन्ने भयो । उहाँ सादा जीवन उच्च बिचार भएको मान्छे । उहाँसँग लोभ केही को पनि थिएन । पार्टी एकता भएपछि म अध्यक्ष हुन्छु भन्ने थिएन । मनमोहन अध्यक्ष म महासचिव भन्नु भयो । पछि प्रतिपक्षी दलको नेता उहाँलाई भनिएको थियो, त्यो पनि मान्नु भएन । त्यतिखेर प्रधानमन्त्रीको बेला भएको भए पनि सिधै मनमोहनलाई नै बनाउनु हुन्थ्यो । उहाँ लोभलालच नभएको व्यक्ति हुनुहुन्थ्यो ।”

Shares324

सम्बन्धित समाचारहरु

ताजा समाचार