#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व659185738835330196943183810
नेपाल230092013278

सीमा क्षेत्रमा सशस्त्रको गुल्म राख्नेदेखि रेल ल्याउने तयारीसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ ।

आजका प्रमुख समाचारहरुमध्ये सरकारले दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित त्रिदेशीय सीमानाकामा रहेकोे छाङ्रुमा सशस्त्र प्रहरीको गुल्म राख्ने तयारी थालेको छ । बुधबार सशस्त्र प्रहरीको वोर्डर अब्जरभेसन पोष्ट (विओपी) स्थापना गरिएको थियो । सोही स्थानमा सरकारले १ सय ६० सशस्त्र प्रहरी रहने गरी गुल्म नै स्थापना गर्न आवश्यक प्रक्रिया शुरु गरेको हो ।

त्यस्तै कोेरोना भाइरसको इपिसेन्टर मानिएको चीनमा भन्दा भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढी पुगेको छ । शनिबार भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार चीनको भन्दा बढी संख्या पुगेको हो । गत २४ घण्टामा भारतमा ३ हजार ९ सय ७० जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

दशगजा क्षेत्रमा भारतबाट नेपाल फर्किएका नेपालीको बिजोग भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेका कारण उनीहरुको दशगजामा बिजोग भएको हो ।

त्यस्तैगरी सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा निजी क्षेत्रले असन्तुष्टि जनाएका छन् । शनिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा बोल्दै नीजि क्षेत्रसँग संबद्ध छाता संगठनहरुले यस्तो असन्तुष्टी जनाएका हुन् ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रेलमार्गलाई प्राथमिकतामा राखेको छ । मुलुकको आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा भौतिक पूर्वाधारको क्षेत्रलाई समावेश गर्दै सरकारले सडक, रेल तथा ऊर्जाको क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको हो । शुक्रबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेकोे नीति तथा कार्यक्रममा वीरगञ्ज–काठमाडौं र रसुवागढी–काठमाडौं रेलमार्ग निर्माणको प्रारम्भिक काम शुरु गर्ने घोषणा गरेकी थिइन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला 

सम्बन्धित समाचारहरु

ताजा समाचार