#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व657356838804130149953170532
नेपाल230092013278

काठमाडौंबाटै देखिन थाल्यो सगरमाथासहित सुन्दर हिम श्रृंखलाहरु

काठमाडौं ।

चीनको हुवेइ प्रान्तको वुहान शहरबाट गत डिसेम्बरको अन्तिमतिर फैलिएको कोरोना भाइरस (कोभिड–१९) अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ ।

भाइरसको संक्रमणबाट बच्न विश्वका अधिकांश देशहरुले लकडाउन गरेका छन् । नेपालमा पनि विगत दुई महिनादेखि लकडाउन जारी छ । लकडाउनका कारण जनजीवन प्रभावित मात्र भएको छैन । दैनिक ज्यालामा छाक टार्नेहरुको रोजीरोटी समेत खोसिएको छ । तर, लकडाउन हाम्रै सुरक्षाको लागि हो भनेर मानिसहरुले यसको पालना पनि गरिरहेका छन् ।

लकडाउनका कारण विश्वव्यापी सवारी प्रयोग घटेको छ । नेपालमा पनि कल कारखाना, सवारीसाधन बन्द छन् । सडकहरु बन्द भएपछि आवतजावतमा रोक लागाइयो । यसले इन्धनको खपतमा ठूलो कमी आए पनि गएको अप्रिल महीनामा काठमाडौंको वायुको गुणस्तरमा भने अपेक्षित सुधार भएन ।

अप्रिलको शुरुवातमा धादिङ, नुवाकोट तथा चितवनको जंगलमा लागेको डढेलो, खुला स्थानमा फोहोर जलाउने प्रवृत्ति तथा अन्तरदेशीय तुँवालोका कारण वायुको गुणस्तरमा अपेक्षित सुध्रन नसकेको अवस्था थियो । तर, मे महिना सुरु भएसँगै काठमाडौंको वायुको गुणस्तरमा व्यापक सुधार भएको छ । यद्यपी लकडाउनले के देखायो भने, सवारी साधनबाट उत्सर्जन हुने कार्बन कटौती गरेर वायु गुणस्तरमा सुधार ल्याउन सकिदो रहेछ ।

काठमाडौं उपत्यका अत्यधिक सवारी चापका कारण वातावरणीय प्रदुषणको सबैभन्दा अग्रपक्तिमा पर्दछ । पर्यावरण विभागद्वारा गरिएको एउटा अध्ययनले सवारी साधनबाट मात्र ७० प्रतिशत वायु प्रदुषण हुने निष्कर्ष निकालेको थियो । यद्यपी यस अध्ययनलाई लकडाउनले प्रमाणित गरेको छ ।

वायु प्रदुषणमा सुधार भएसँगै आकाश खुल्न थालेको छ । विगतमा धमिलो देखिने काठमाडौंको आकाश पनि सफा र निलो देखिंदा आनन्द महसुस भएको छ । अहिले हामी सयौं किलोमिटर दुरीबाट पनि प्रकृतिको सुन्दर दृश्यहरु मज्जाले अवलोकन गर्न सक्छौं ।

धेरै वर्षपछि लकडाउनले काठमाडौं उपत्यका प्रदुषण मुक्त भएको महशुस गर्न सक्छौं । प्रदुषण कम भएसँगै काठमाडौं उपत्यकाबाट २०० किमी टाढा रहेको संसारकै सर्वोच्च शिखर सगरमाथा समेत देखियो । साथै काठमाडौं वरिपरि देखिने हिम श्रृंखलाहरु अझै प्रस्टै रुपमा देखियो ।

काठमाडौं उपत्यकाबाट लिइएको हिउँले ढपक्क ढाकिएको संसारको उच्च शिखर सगरमाथाका फोटोहरु अहिले सामाजिक सञ्जालहरुमा भाइरल पनि भइरहेका छन् । त्यस्तै यो समयमा काठमाडौं उपत्यकाका अस्पतालहरुमा प्रदूषण र धूलोले बढ्ने श्वासप्रश्वास रोगका बिरामीहरुको भिड लाग्ने गर्थ्यो तर, विगत दुई महिनामा अस्पतालहरुमा क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजीज (सीओपीडी), दम, ब्रोन्काइटिस र एलर्जीका बिरामीहरु समेत लकडाउनले तीब्र रुपमा घटिरहेका छन् ।

तस्वीरहरु : आभुषण गौतम

सम्बन्धित समाचारहरु

ताजा समाचार