#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व656864438795930114213169264
नेपाल230092013278

बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ३३१

काठमाडौं ।

बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ३३१ पुगेको छ । यस अघि कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या २४५ रहेकोमा थप ८६ जना नयाँ सङ्क्रमित भेटिएसँगै सङ्ख्या ३३१ पुगेको हो । बहराइनस्थित नेपाली राजदूतावासले दिएको जानकारी अनुसार बहराइनमा तीन हजार ९७३ जना कोरोना सङ्क्रमित भएका छन् ।

बहराइनमा कोरोनाको कारण १२ जनाले ज्यान गुमाएका छन् भने तीन जना गम्भीर अवस्थामा रहेको दूतावासले बताएको छ । सङ्क्रमणबाट निको भई २७ सय ६२ डिस्चार्ज भएका छन् । बहराइनमा रहेका नेपालीलाई अनलाइनमार्फत आफनो विवरण भर्न दूतावासले आग्रह गरेको छ । बहराइनले ७ अप्रिल २०२० बाट लागु हुनेगरी अवैधानिक रुपमा बिना कागजात कार्यरत कामदारका लागि वैधानिक हुन वा बहराइन छोड्न ३१ डिसेम्बरसम्म माफी दिने निर्णय गरेको छ ।

बहराइन सरकारले सङ्क्रमण रोकथाममा थप प्रभावकारी बनाउन सङ्क्रमितले क्वारेनटाइन अवज्ञा गरेको पुष्टि भएमा ३ महिनासम्म जेल सजाय वा १० हजार बहराइन मुद्रा जरिवाना हुने कानुनी प्रावधान ल्याएको छ । सङ्क्रमण नियन्त्रणमा नआउँदासम्मका लागि पाँच जना वा सो भन्दा कम सङ्ख्या मात्र भेला हुन पाउने व्यवस्था गरिएको छ ।गोरखापत्रबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार