#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व657358538804130145123171032
नेपाल230092013278

अलपत्र परेका खाडी मुलुकका कामदारलाई ल्याउन सकेन सरकारले, प्रक्रिया कछुवा गतिमा

  • दुर्गा पंगेनी/कमला अर्याल
    काठमाडौं ।

कोरोना भाइरसका कारण खाडी मुलुकहरुमा अलपत्र परेका नेपाली कामदारलाई ल्याउने सरकारको प्रक्रिया निकै सुस्त देखिएको छ ।

कोरोनाका कारण काम गुमाएका, तलब नपाएका कारण खान, बस्न समेत समस्या भएका तथा संक्रमण सर्ला भन्ने मानसिक तनाबका कारण रोजगारदाता मलुकबाट आफूहरुलाई स्वदेश फर्काउन बारम्बार आग्रह गरेपनि त्यसतर्फ सरकारको ध्यान भने खासै पुग्न सकेको देखिँदैन । सरकारले यस विषयलाई महत्व नदिँदा अलपत्र परेका नेपाली कामदार कहिलेसम्म स्वदेश आइपुग्ने हुन् , त्यसको कुनै टुंगो छैन ।

सरकारले प्राथमिकताका साथ उनीहरुलाई स्वदेश फर्काउने प्रक्रिया अगाडी बढाउन सकेको छैन । प्राथमिकताका आधारमा उनीहरुलाई स्वदेश फर्काउने विषयमा छलफल भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले बताए । ‘हामीले माथिल्लो तहमा पेश गरेका छौँ, त्यताबाट निर्णय भएपछि ल्याउने प्रक्रिया सुरु हुन्छ ।’ प्रवक्ता घिमिरेले भने । कोरोना महामारी नियन्त्रण गर्न विभिन्न समिति तथा उपसमितिहरु भएको र उच्च तहबाटै झिकाउन समन्वय भइरहेको उनको भनाइ थियो ।

कोरोना महामारीको समयमा सबैभन्दा चर्चा पाएका विषय मध्ये ‘विदेशमा कार्यरत नेपालीको’ विषय पनि एउटा हो । विदेशमा रहेर नेपालको अर्थतन्त्रमा योगदान दिँदै आइरहेका लाखौं नेपालीहरूको आजको अवस्था र ती जनतालाई भोलि पर्न सक्ने सङ्कटको बारेमा सरकारले पूर्व तयारी गरिरहेको मन्त्रालयले जनाएको छ । सरकारले प्राथमिकताका आधारमा त्यहाँका कामदारलाई ल्याउने भने पनि अनुमान गरेको भन्दा बढी नेपाली फिर्ता हुन सक्ने सम्भावना रहेको बताइन्छ ।

खाडी मुलुक र मलेसियामा मात्र झन्डै पन्ध्र लाख नेपाली कार्यरत रहेको अनुमान छ । खाडीमा काम गर्ने अधिकांश नेपालीहरू तेस्रो पार्टी या आउट सोर्सिंग कम्पनीमा काम गर्ने गर्दछन् । आउट सोर्सिंग कम्पनीले स्टाफ खर्च धान्ने भनेको ठुला कम्पनीसँगको कन्ट्रयाक्ट रहे सम्म मात्र हो । जब सोर्स कम्पनीले कामदार कटौती गर्दिन्छन् , ठिक त्यही समयदेखि नै सप्लाई कम्पनीहरूले तलब लगायत कुनै पनि सुविधा दिन सक्दैनन् । तेस्रो पार्टीको काम गर्नु भनेको दैनिक ज्याला दारीमा मजदुरी गर्नु जस्तै हो ।

तनहुँका अर्याल थरका एकजना कामदार यहाँ दैनिक बाह्र घण्टा काम गरे बापत अठार सय तलब पाउँथे । त्यो भनेको नेपाली रुपैंयाँ झन्डै पचास हजारको हाराहारी हो र यसलाई खाडीमा औसत राम्रो कामै मानिन्छ । अहिले कोरोनाको समस्या आएपछि उनको काम घटेर आठ घण्टामा झर्यो र तलब बाह्र सय भयो । तनहुँका अर्यालका जस्तै समस्या भोग्ने कयौँ नेपाली छन् , अहिले खाडीमा । समस्या गहिरिँदै गयो, अहिले काम गर्ने समय घटेर चार घण्टा भएको छ र अब तलब छ सयको हाराहारीमा पुगेको छ । त्यहि तलब पनि समयमा आउन नसक्दा खान बस्न समेत समस्या भइरहेको साउदी अरबमा काम गर्दै आएका गुल्मी अर्जैका मानबहादुर ज्ञवाली बताउँछन् । यो अवस्थामा उनी खाडीमा काम गरिरहन चाहँदैनन् । तर नेपाल फर्कने अवस्था पनि छैन ।

सम्बन्धित समाचारहरु

ताजा समाचार