#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व659182638835330196853183788
नेपाल230092013278

नेकपा स्थायी कमिटीको बैठक अन्योलदेखि रेमिट्यान्स घट्योसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ ।

आजका प्रमुख समाचारहरुमध्ये सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक कहिले बस्ने भन्ने अझै अन्योल देखिएको छ । सरकारले आगामी वर्षको बजेट यही जेठ १५ भित्रै ल्याउनुपर्ने संवैधानिक वाध्यताका कारण नेकपाको स्थायी कमिटीको बैठक अझै अन्योल देखिएको हो । यसअघि गत वैशाख २५ र ३१ गते बस्ने भनिएको स्थायी कमिटीको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

त्यस्तै अमेरिकन आइडलकोे १८ औँ संस्करणमा नेपाली मुलका दिवेश पोखरेल उपविजेत बनेका छन् । आइडलको उपाधि जस्ट सामले हात पारेसँगै दिवेश प्रतियोगिताको उपविजेता मै चित्त बुझाउन पुगेका हुन् ।

दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यास गाउँपालिकाको छाङ्गरु र तिङ्करमा छ महिनादेखि सञ्चार सुविधा अवरुद्ध भएको छ । गत मङ्सिरमा व्यासका स्थानीयवासी चिसो छल्न खलङ्गा झरेसँगै त्रिदेशीय सीमा क्षेत्र सञ्चार विहीन भएको हो ।

त्यस्तैगरी सत्तारुढ दल नेकपाका नेता भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) चोर बाटोबाट पारित गर्न खोजिएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधि सभा बैठकको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै नेता रावलले राष्ट्रहित विपरितको एमसीसी चोर बाटोबाट ल्याउन खोजिएको आरोप लगाएका हुन् ।

फागुन महिनाको तुलनामा चैत्र महिनामा रेमिट्यान्स आधा घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजिक गरेको चालू आर्थिक वर्षको चैत महिनासम्मको तथ्यांक अनुसार फागुन महिनाको तुलनामा चैत महिनामा लगभग आधाले रेमिट्यान्स घटेको देखिएको हो । यसरी रेमिट्यान्स घट्नुको प्रमुख कारण कोरोनाको प्रभावलाई मानिएको छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला

 

सम्बन्धित समाचारहरु

ताजा समाचार