#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व589978036175229608732577155
नेपाल10425850187

प्रदेश नं. २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १३१ पुग्यो

वीरगंज ।

प्रदेश नं. २ का आठवटै जिल्लामा सोमबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १३१ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयद्वारा जारी कोरोना सम्बन्धी तथ्याङ्कमा गत आइतबारसम्म यो सङ्ख्या १२२ रहेको थियो । सोमबार नौ नयाँ सङ्क्रमित भेटिएपछि यसको सङ्ख्या १३१ पुगेको छ । लकडाउनलाई थप कडाइ बनाउन चिकित्सकले सुझाव दिएका छन् । यस प्रदेशमा पहिलोपटक गत चैत २९ गते वीरगञ्जमा तीन जनामा सङ्क्रमण देखिएको थियो ।

यसैबीच प्रदेश नं. २ सरकारले आठ वटै जिल्लामा किसानलाई ब्याजमा अनुदान दिने भएको छ । कृषि तथा पशुपालन व्यावसायका लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण जारी रहेको लकडाउनका कारण तिर्न नसकेपछि चैतदेखि असारसम्मको ब्याजमा अनुदान दिन लागेको हो । सो ऋणको ब्याजमा चैत, वैशाख ,जेठ र असार गरी चार महिनाको लाग्ने ब्याजमा अनुदान दिने निर्णय गरेको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा रामचन्द्र यादवले जानकारी दिए ।

पर्सा जिल्लामा गतवर्षको तुलनामा यस वर्ष ४५ करोड ५० लाख मूल्य बराबरको १३ हजार मेट्रिक टन गहुँ बढी उत्पादन भएको केन्द्रले जनाएको छ । किसानले २६ हजार हेक्टर क्षेत्रफलमा गहुँखेती गरी प्रतिहेक्टर तीन दशमलव एक मेट्रिक टन अर्थात ८० हजार १०० मेट्रिक टन गहुँ उत्पादन गरेको छन् । अहिले बजारमा प्रतिकेजी रु ३५ का दरले गहुँ बिक्री हुदै आएको छ ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार