#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1218013055238045470057080745
नेपाल164233586367752

‘हामी हाम्रो भूमि फिर्ता गर्न सक्षम छौं’ : प्रधानमन्त्री

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको निर्णयले नेपालको मानचित्रमा परिवर्तन आएको बताएका छन् । नयाँ नक्सा जारी भएपनि भूमि फिर्ता ल्याउन सोचे जस्तो सजिलो नभएको उनले बताए । संविधानमा नक्सा परिवर्तन भएपछि निशान छाप, विद्यालयका पाठ्यपुस्तक र सबै क्षेत्रमा लागू हुने उनले बताए ।

भूमि फिर्ता गर्न सजिलो नभएपनि सत्यको जीत हुन्छ भन्नेमा आफू विश्वस्त रहेको उनले बताए । उनले भने, ‘‘भारतको एउटा प्रतिक चिह्न छ । त्यो भारत भनेर चिनिने अकोशाले स्थापना गरेको चारमुखे सिंह भारतको प्रतिक चिह्न छ । त्यसको मुनि सत्यमेव जयते लेख्या हुन्छ । सत्यमेव जयते भारतको चिह्न पनि छ । विश्वास चाहीं म गर्छु । म सोध्ने वाला छु , भारतलाई सत्यमेव जयते की, सिंह जयते ?

सिंहमेव जयते कि सत्यमेव जयते ? दुबै लेख्या छ । माथितिर चारमुखे सिंह तल तिर सत्यमेव जयते छ । त्यसैले म विश्वास गर्छु नेपाल विश्वास गर्छ । हामी सबै विश्वास गछौँ सत्यमेव जयते । त्यसकारण हामी हाम्रो भूमि फिर्ता गर्न सक्छौँ किन की सत्यमेव जयते ।

सम्बन्धित समाचारहरु