#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व657358538804130145123171032
नेपाल230092013278

रामायण अभिनेत्री दिपिकाको अनुभव ‘हामीलाई साक्षात् भगवान मानेर ढोग्थे’

काठमाडौं । कोरोना भाइरसको कारण पुरै विश्व लकडाउनको अवस्थामा छ । जसकारण आफ्ना दर्शकहरुलाई मनोरंजन दिन विभिन्न च्यानलहरुले थुप्रै नयाँ तथा पुराना चलचित्र, वेब सिरिज, टेलिसिरियल लगायतका सामाग्री सार्वजनिक गरेका छन् । जसमा रामायण पनि पर्दछ ।

३३ वर्ष अगाडि भारतमा निर्मित रामानन्द सागरको टेलिसिरियल रामायणका हरेक कलाकारहरुले दर्शकहरुको मनमा छुट्टै छाप छोड्न सफल भएका थिए । उक्त सिरियलमा अभिनय गर्ने कलाकारहरुलाई मानिसहरुले साक्षात् भगवान मान्थे भने उनीहरुको पाउ छाेएर आशिर्वाद लिन समेत मरिहत्ते गर्थे ।

३३ वर्ष पछि लकडाउनमा पुन:  प्रसारण गरिएको कारण अहिले ति कलाकारहरुको चर्चा फेरि चुलिएको छ । त्यससमय यति ठूलो त्यसमाथि पनि हिन्दु धर्ममा आधारित रहेर बनेको यस सिरियलको लागि कलाकार चयन गर्नु सजिलो थिएन ।

एक भारतीय मिडियामा रामायण सीरियलमा सीताको भूमिका निर्वाह गरेकी अभिनेत्री दिपिका चिखालियाले दिएको अन्तवार्ताका अनुसार जतिबेला रामायणको स्क्रिन टेस्ट चलेको थियो, उनी त्यससमय १८ वर्षकी थिइन् । त्यहीबेला उमरगाउ स्टुडियोका मालिक हरि भाईले उनलाई पनि स्क्रिन टेस्ट दिन सुझाएका थिए । तर आफू पहिल्यैदेखि रामानन्द सागरको ‘सागर आर्ट्स’ मा काम गर्ने भएकोले उनलाई स्क्रिन टेस्ट दिन पर्दैन जस्तो लागेको थियो । तर पनि उनलाई स्क्रिन टेस्ट दिन लगाईयो , त्यो पनि ४ पटक । उनका अनुसार उक्त सिरियलमा छनौट हुनु उनको आजसम्मकै ठूलो उपलब्धी हो ।

त्यससँगै उनले उक्त अन्तवार्तामा मानिसहरुले आफूलाई साँच्चिकै भगवान सोच्ने गरेको पनि बताएकी छिन् । उनले भनेकी छिन्–’आफ्नो बच्चा बिरामी हुँदा अथवा बच्चाको जन्मदिन हुँदा उनीहरु हाम्रो खुट्टामा ल्याएर बच्चा राखिदिने गर्थे । किनकि उनीहरु सोच्थे कि हामी साक्षात राम-सीता हौँ र हामीले आशिर्वाद दिँदा उनीहरुको जीवनमा परिवर्तन आउँछ भनेर ।’

–एजेन्सीको सहयोगमा

सम्बन्धित समाचारहरु

ताजा समाचार