#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व650043438392130216653094848
नेपाल230092013278

नेपालले नक्सा सार्वजनिक गरेसँगै चीन दबाबमा, फेरि त्रिपक्षीय समझदारीको कुरा

नेपालले आफ्नो नक्सा सार्वजनिक गरेपछि उत्तरी छिमेकी मुलुक चीनमाथि आफ्नो धारणा सार्वजनिक गर्न दबाब परेको छ । चीनले जहिले पनि नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको लागि सहयोग गर्न आफू तयार रहेको बताउने गरेको छ । तर, नक्सा सार्वजनिक भएपछि चीन पूर्ण रुपमा मौन छ ।

सन् २०१५ मा भारत र चीनको बीचमा लिपुलेकलाई ब्यापारिक नाका बनाउने विषयमा भएको सहमतीको विरोध गर्दै नेपाल सरकारले आफ्नो धारणा प्रष्ट बनाउन नक्सा सार्वजनिक गर्नुपरेको हो । केहि दिन अघि भारतले नेपाली भूमि हुँदै मानसरोवर जाने बाटोको उद्घाटन गरेपछि समस्या झनै जटिल बन्यो ।

विश्वब्यापीरूपमा कोरोना महामारीको तनाबका बीचमा भारतले नेपाललाई वेवास्ता गर्दै नेपाली भूमिमै बनाएको बाटो सार्वजनिक गरेपछि नेपालमा यसको तीव्र विरोध हुँदै आएको थियो । तर यस विषयमा दुबै छिमेकी मुलुक मौन रहेपछि नेपालले यथेष्ट प्रमाणसहित आफ्नो तर्फबाट नक्सा सार्वजनिक गर्न अग्रसर हुनुपरेको हो ।

चिनियाँ सरकार, त्यहाँको कुटनैतिक नियोग र संचारमाध्यमहरूमा यो प्रकरणमा कुनै किसिमको प्रतिक्रिया देखिएको छैन् । तर कुटनैतिक विज्ञहरुका अनुसार चीनले अब यो मुद्धामा बोल्नैपर्छ । नेपालले नक्सा सार्वजनिक गरेसँगै चीन आफ्नो धारणा सार्वजनिक गर्न दबाबमा परेको छ ।

यसअघि नोभेम्बरमा भारतले कालापानीलाई समेटेर नक्सा जारी गर्दा काठमाडौंस्थित चिनियाँ दुतावासले यो विषय भारत र नेपालको द्विपक्ष्ािय विषय भन्ने प्रतिक्रिया दिएको थियो । मंगलबार व्यवस्थापिका संसदमा नीति तथा कार्यक्रमबारे सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री केपी ओलीले भनेंः “हाम्रो सरकारी प्रतिनिधीले चीन सरकारका अधिकारीसँग कुरा गर्नु भएको छ, चीन सरकारका अधिकारीले परम्परागत तीर्थयात्राको सन्दर्भ र परम्परागत टे«ड रुटको सम्बन्धमा मात्र कुरा गरिएको हो, यसले सीमा सम्बन्धी प्रश्नमा, त्रिदेशीय विन्दुमा कुनै असर गर्दैन र यस कुरामा भारतले नेपालसँग पनि कुरा गर्नुपर्छ ।

‘यो ब्यापार सहमती सीमासँग सम्बन्धित छैन’ भन्ने चीनले प्रष्ट पारेको छ । हामीलाई दिइएको जानकारी अनुसार भारतलाई पनि यसबारेमा चीनद्वारा स्पष्ट पारिएको छ । यो विषयमा हामीले सबैतिर पत्राचार गरेका छौं । कुराकानी गरेका छौं ।” प्रधानमन्त्री ओलीको भनाइ अनुसार त्रिदेशिय बिन्दुबारे चीन नेपालको अस्तित्व स्वीकार्न तयार रहेको बुझिन्छ तर कतिपय विज्ञहरु निश्चित सम्झौताका कारण चीनले भारतलाई भित्री तवरले वचन दिइसकेको हुनसक्ने सम्भावना बताउँछन् ।

भारतले मानसरोवरसम्म जाने सडक बनाएको ठाउँलाई नै समेटेर नेपालले नक्सा जारी गरेपछि अब चीन चुप लागेर बस्ने अवस्था नै नआउने एक वीज्ञले बताए । नक्सामा मानसरोवर जाने बाटो र त्रिदेशीय नाका समेटिएको कारण चीनले नचाहेरै पनि यसबारे चासो लिनुपर्ने देखिन्छ । अब नेपालले यो नक्सा जारी गरिसकेपछि नक्सालाई विभिन्न अन्तराष्ट्रिय निकायमा बुझाउनेछ । त्यसकारण पनि छिमेकी मुलुक चीन यसबारे छिट्टै आफ्नो धारणा राख्न दबाबमा परिसकेको छ ।

केही दिन अगाडि संसदको अन्तराष्ट्रिय सम्बन्ध समितीको वैठकमा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिपुलेकको विषयमा चीनसँग पनि कुराकानी गर्नुपर्ने बताएका थिए । यति मात्र होइन, लिपुलेकको सन्दर्भमा नेपालले चीनलाई पनि कुटनीतिक नोट पठाउनुपर्छ भन्ने माग पनि बढ्दै गईरहेको छ । यस अगाडि सन् २०१५ भारत र चीनको बीचमा सहमति भएपछि नेपालले चीनलाई पनि कुटनीतिक नोट पठाएको थियो । सो कुटनीतिक नोटको जवाफ दिँदै चीनले यस विषयमा छलफल गर्न तयार गरेको बताएको थियो ।

चीनतर्फ लक्षित गदै भारतीय सेना प्रमुखले केही दिन अगाडि नेपालले कसैको इशारामा विरोध गरेको अभिव्यक्ति दिएको थियो । सो अभिव्यक्तिको नेपालमा तीव्र विरोध भईरहेको छ । चीनले नेपाललाई उचालेको भन्ने भारतीय भनाई चर्किदै जाने निश्चित छ । त्यसैले यो विषयमा पनि समयक्रममा चीनले आफ्नो आवाज मुखरित गर्ने विज्ञहरुको भनाई छ ।

त्रिदेशीय समझदारी ?

नेपालले आफ्नो समृद्धिका लागि दुई विकसित छिमेकी मुलुक चीन र भारतसँग त्रिदेशीय साझेदारीका कुरा उठाइरहँदा दक्षिणी छिमेकी भारतसँगको सीमा विवाद चर्किने प्रष्ट देखिन्छ । नेपाली भूमि लिपुलेक क्षेत्रलाई आप्mनो राजनैतिक नक्सामा समेटेर विवाद प्रारम्भ गरेको भारतले आफ्नो मिच्याई प्रवृत्ति देखाउँदै दुई साताअघि यही क्षेत्र हुँदै सडक सञ्जाल विस्तार गरेपछि विवाद थप चुलिएको हो ।

चीनसँग नेपाली भूभाग हुँदै एकलौटी ढंगमा जोडिने भारतको यस्तो रवैयापछि नेपाल–भारत र चीनबीचको त्रिदेशीय साझेदारी के हुन्छ भन्ने अन्यौल मात्र बढाएको छैन, दुई ठूला छिमेकी यो साझेदारीमा बीचमा रहेको सानो मुलुकसँग कति उदार छन् भन्ने पनि प्रष्ट पारेको छ ।
त्यसो त अघिल्लो वर्ष चीन समेत जोडिएको नेपाली भूमि समेट्दै आएको भारतको नक्सापछि चीनियाँ पक्षको केही प्रतिक्रिया नआउनुले चीन कुन कित्तामा उभिएको छ भन्नेमा शंका उत्पन्न गरेको छ ।

यसपटकको सीमा विवादमा भारतसँग मात्र कूटनीतिक संवाद अघि बढाउने भन्दा पनि चीनलाई समेत सामेल गराएर निकास खोजे लिपुलेक विवादको दीगो समाधान निस्कन सक्ने कुरालाई नकार्न सकिन्न किनभने, सधैं नेपालप्रति नरम देखिने चीनिंया नीतिलाई लिपुलेकको यसपटकको विवादले लिटमस टेष्ट अर्थात साँचो परीक्षा लिने निश्चित छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार