आफ्नाविरुद्ध सदनमा अभिव्यक्त भनाइलाई संसदीय रेकर्डबाट हटाउन सरिता गिरीको माग

आफ्नाविरुद्ध सदनमा अभिव्यक्त भनाइलाई संसदीय रेकर्डबाट हटाउन सरिता गिरीको माग


काठमाडौं ।

समाजवादी पार्टीकी सांसद सरिता गिरीले सांसदबाट आफ्नाविरुद्ध सदनमा अभिव्यक्त भनाइलाई संसदीय रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएकी छिन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा समय मागेर बोल्दै उनले जेष्ठ १९ गतेको संसदको बैठकमा आफ्नो अनुपस्थितिमा एक सदस्यले दिएको अभिव्यक्ति संसदीय गरिमा र मर्यादा विपरित रहेको भन्दै रेकर्डबाट हटाउन माग गरेकी हुन् ।

उनले मन्तव्यमा प्रयोग गरिएको शब्दहरुले संसदको सार्वभौम सत्तामाथि आक्रमण गरेको दाबी गर्दै सो मन्तव्य संसदीय रेकर्डबाट हटाउन पनि सभामुखको ध्यानाकर्षण गराइन् । उनले सो अभिव्यक्तिलाई आधार मानेर कानुनी कारबाही अघि बढाउन सरकार र गृह मन्त्रालयको ध्यानाकर्षण गराइन् । नाम उल्लेख नगरिकन सांसद गिरीले ती सांसदले दिएको अभिव्यक्तिलाई “घृणाको मन्तव्य” को संज्ञा दिइन् ।

उनले चाँदीको चम्चामा कसैले सभासद् पद नदिएको भन्दै सबैले आआफ्नो पदिय मर्यादामा रहेर अरुसँग पनि मर्यादित व्यवहार गर्नु पर्ने बताइन् ।

Logo