#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व650559738429830239573097342
नेपाल230092013278

विपतको साथी बन्दै नेपाल स्काउट (भिडियोसहित)

काठमाडौं ।

नेपालमा गत चैत ११ गते देखि जारी लकडाउनको आज ५७ औं दिन हो । यस अवधि सम्म आइपुग्दा धेरै नागरिकहरु समस्यामा परेका छन् । आपत विपतमा परेका नागरिकका लागि धेरै व्यक्ति र संस्थाहरुले सहयोग गरेका छन् । यसैक्रममा अग्रपंक्तिमा रहेको छ नेपाल स्काउट ।

हुन त स्काउटले लकडाउन भन्दा पहिले पनि यस्ता सामाजिक कामहरु गरेको थियो । लकडाउनको सुरुवातदेखि नै यसले आफूलाई अग्रपंक्तिमा राख्न सफल भयो । विभिन्न ठाउँमा राहत वितरण गर्ने देखि लिएर राजधानीका विभिन्न धार्मिकस्थलमा मानिस जान नपाएपछि त्यहाँ भोका रहेका पशुपंक्षीलाई खानेकुरा खुवाउने र पछिल्लो पटक कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको शव व्यवस्थापनमा समेत स्काउटले आफूलाई सहयोगी संस्थाका रुपमा उभ्याउन सफल भएको छ ।

गत शनिबार सिन्धुपाल्चोककी २९ वर्षिय महिलाको कोरोना संक्रमणका कारण धुलिखेल अस्पतालमा मृत्यु भयो । यसको पुष्टि भएपछि अस्पतालको एम्बुलेन्सले शव बोक्न मानेन । संक्रमण फैलने डरले अरु कुनै पनि एम्बुलेन्सले शव बोक्न नमानेपछि भक्तपूर अस्पतालको विपत व्यवस्थापन विभागले विशेष प्रकारको एम्बुलेन्स धुलिखेल पठाउने निर्णय गर्यो । तर महिलाको शव छुने आँट गर्न कोहि तयार भएनन् । यहि अवस्थामा नेपाल स्काउट भक्तपूरका तालिम प्राप्त २ यूवाहरु एम्बुलेन्समा जान तयार भए ।

नेपाल स्काउट अन्तर्गत जिल्ला स्काउट कार्यालय भक्तपूरमा सक्रिय स्काउटर अरुण सैंजु र राजेश गाइजुको टोलीले धुलिखेल अस्पतालबाट ती महिलाको शव पशुपति आर्यघाटसम्म पुर्‍याउने काम गरेका हुन् । कसैले शव बोक्न नमानेपछि नेपाल स्काउटका स्काउटरहरुले यसको नेतृत्व गरेर पशुपतिको विद्युतिय शवदाह गृहसम्म शव पुर्याएको र जलाइसकेपछि उनीहरु फर्किएका थिए । हाल ती २ यूवाहरु भक्तपूरको सूर्यविनायक स्थित सैनिक परिसरमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका नेपाल स्काउट जिल्ला भक्तपूरका आयुक्त रामगोपाल कर्माचार्यले केन्द्रबिन्दुलाई जानकारी गराए ।

 

सम्बन्धित समाचारहरु

ताजा समाचार