#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व656864438795930114213169264
नेपाल230092013278

अन्तर्राष्ट्रिय मञ्चको महासभामा मन्त्री ढकालको नेपालीमा सम्बोधन

काठमाडौं ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिले अङ्ग्रेजीमा आफ्नो मन्तव्य दिने गरेको मा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले विश्व स्वास्थ्य सङ्गठनको ७३ औँ विश्व स्वास्थ्य महासभालाई नेपाली भाषामा नै सम्बोधन गरेका छन् ।

यसपटक कोभिड–१९ को कारणले स्विट्जरल्यान्डको जेनेभामा भएको महासभामा उनले सोमबार राति नेपाली भाषामा सम्बोधन गरेका मन्त्रालयका विज्ञ सल्लाहाकार डा खेम कार्कीले जानकारी दिए । “मन्त्रीज्यूले आफ्नो भाषामा महासभालाई सम्बोधन गरे के हुन्छ भनेर हामीलाई सोध्नुभयो ”, उनले भने, “हामीले पनि विभिन्न अन्तर्राष्ट्रिय अभ्यास हेर्दा हुन्छौं भन्यौं ।”

यस अघिका महासभामा नेपालबाट सहभागी मन्त्रीले अङ्ग्रेजीमा नै सम्बोधन राख्ने गरेका थिए । अन्तर्राष्ट्रिय मञ्चमा चीन, भारत लगायत देशले आफ्नो भाषा प्रयोग गर्ने गर्दछन् । सम्बोधनका क्रममा उनले कोभिड–१९ विरुद्धको विश्व एकतालाई अझ प्रभावकारी बनाउँदै लैजानु पर्ने बताएका थिए । सोमबारदेखि शुरु भएको महासभा गएराति सकिएको छ । कोभिड–१९ को कारणले महासभा यसपटक भर्चुअल भएको थियो ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार