विदेशी भूमिमा तड्पीरहेका लाखौं नेपालीको व्यथा ‘आउँछु फर्केर’ बजारमा (भिडियोसहित)

विदेशी भूमिमा तड्पीरहेका लाखौं नेपालीको व्यथा ‘आउँछु फर्केर’ बजारमा (भिडियोसहित)


काठमाडौं ।

कोरोनाको महामारीमा विदेशी भूमिमा रहेका नेपालीहरुको पीडालाई समेटेर तयार पारिएको लोक तथा दोहोरी गीत ‘आउँछु फर्केर’ सार्वजनिक भएको छ ।

डिएआर मूभिजले बजारमा ल्याएको उक्त गीतमा लोक तथा दोहोरी गायक सर्जक प्रभावनजे को शब्द, लय र स्वर रहेको छ भने स्मृति गौतमले उनलाई स्वरमा साथ दिएकी छिन् ।

जीवन बडूको एरेन्ज रहेको गीतको भिडियोमा सरोज दाहाल र अनु पराजुलीको अभिनय रहेको छ । क्यामेरा पिटर गुरुङ , सम्पादन नवीन भट्ट, कला राजाराम गौतम र ब्यबस्थापन बिवेक चौलागाईंले गरेका छन् । भिडियो निर्देशन प्रभावन जे कै रहेको छ । भिडियो निर्माणमा बिशेष सहयोग नकुल राउत र कलाकार श्याम धितालले गरेका छन् ।

केहि समय पहिले प्रभावन जे को टिमले सामाजिक सचेतनामुलक गीतहरु कालापानी, कोरोना, घरमै बसौन, को साथमा चेतनामुलक सर्ट मूभि बजारमा ल्याएको थियो ।

यो गीत हामी सबै नेपालीको घरको कथा हो । सम्बन्धित निकायको ध्यान पुर्याउने उद्देश्यले बजार ब्यबस्थापन गरेको डिएआर मुभिज एण्ड फिल्म्स प्रालिका संचालक सदस्य राजाराम गौतमले जानकारी दिए । भिडियोमा :

 

Logo