#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व590428536199622642579514
नेपाल10425850187

सीमा विवाद झनै जटिल : वार्ताको लागि भारतको सर्त

काठमाडौं ।
नेपाल र भारतबीचको सीमा विवाद झनै जटिल बन्दै गएको छ । नेपालले जारी गरेको नक्साप्रति आपत्ती जनाउँदै भारतले आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा आक्रमण भएको दाबी गरेको छ ।

यति मात्र होइन, नेपालको नक्सालाई भारतले कृत्रिमसमेत भनेको छ । भारतले विज्ञप्तिमा वार्ताका लागि नेपालको राजनीतिक नेतृत्वले उपयुक्त वातावरण बनाउनु पर्ने समेत उल्लेख गरेको छ । यसको अर्थ अहिले वार्ताका लागि उपयुक्त समय छैन भन्ने देखिन्छ ।

यसले गर्दा भारतले वार्ताका लागि कुनै सर्त त राखेको होइन भन्ने आशंका जन्मिएको छ । यस अगाडीको विज्ञप्तिमा भारतले कोभिड लगत्तै दुई देशको बीचमा वार्ता गर्ने प्रतिबद्धता भारत सरकारले गरेको थियो । तर, पछिल्लो वक्तब्यमा उपयुक्त वातावरणको विषय उल्लेख गरिएको छ । नेपालले भने कोभिड–१९ को बीचमा नै पनि दुई देशका परराष्टर् सचिवको बीचमा वार्ता गर्न सकिने प्रस्ताव अगाडी सारेको छ ।

अहिलेसम्म दुई देशको बीचमा सीमाको विषयमा वार्ता गर्नका लागि दुवै देश सहमत भएको एउटै प्लेनफर्म भनेको परराष्ट्र सचिव स्तरीय वार्ता हो । पछिल्लोपटक सन् २०१४ मा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको समयमा सुस्ता र कालापानीको विषयमा वार्ता अगाडी बढाउने सहमति भएको थियो । तर अहिलेसम्म एकपटक पनि वार्ता भएको छैन । नक्सा जारी गरे लगत्तै अब नेपालले त्यो नक्सालाई अन्तराष्ट्रियकरण गर्ने छ । तत्कालका लागि काठमाडौंमा उपलब्ध कुटनीतिक निकायका प्रमुखलाई बोलाएर यस विषयमा जानकारी दिने तयारी सरकारको छ । त्यसैगरी सो नक्सा संयुक्त राष्ट्रसंघलाई दिने सरकारको तयारी छ । अहिले सम्बन्धमा एकदमै चिसोपन आएका कारण तत्काल वार्ताको सम्भावना भने एकदमै कम देखिन्छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार