#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व334884751004830768539624798249
नेपाल747454811962454640

बीमा क्षेत्रमा कोरोना प्रभाव : तिब्र रुपमा बढ्यो संस्थागत बीमा

काठमाडौं ।
कोरोना भाइरसको संक्रमण बढेसँगै कोरोना भाइरस बीमा गर्नेको संख्या पनि बढ्न थालेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस फैलिएसँगै बीमा समितिले कोरोना भाइरस सम्बन्धी बीमा गर्न कोरोना बीमा लेख जारी गर्न निर्देशन दिएकाे थियाे । समितिको सो निर्देशनसँगै निर्जिवन बीमा कम्पनीहरुले धमाधम कोरोना भाइरस बीमा लेख जारी गरिरहेका छन् । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार व्यक्तिगतसँगै संस्थागत रुपमा बीमा गर्ने क्रम पनि तिब्र रुपले बढेको छ ।

बीमक संघका अध्यक्ष तथा शिखर इन्स्योरेन्स कम्पनीका सिइओ दिपप्रकाश पाण्डेका अनुसार व्यक्तिगतसँगै संस्थागत बीमा गर्ने क्रम पनि बढेको छ । अरु व्यावसायले लगभग ठप्पै भएका बेला बीमा कम्पनीहरुले राम्रै कारोबार गरिरहेको अध्यक्ष पाण्डेको भनाइ थियो । हालसम्म संचालनमा रहेका अजोड, एभरेष्ट जेनेरल, आइएमई जेनेरल, हिमालय जेनेरल, लुम्बिनी जेनेरल, नेशनल लगायतका २० वटा इन्स्योरेन्स कम्पनीहरुले हालसम्म १० हजार ९ सय ४१ कोरोना बीमालेख जारी गरेका छन् । जसमा १ लाख ४२ हजार जनाको कोरोना भाइरस बीमा भइसकेको छ । यस अवधिमा बीमा कम्पनीहरुले ७ करोड ५६ लाख बराबर बीमा शुल्क संकलन गरेको अध्यक्ष पाण्डेले बताए ।

शिखर इन्स्योरेन्स कोरोना भाइरस बीमा गर्ने मध्ये सबैभन्दा बढी बीमा गर्ने कम्पनीहरुमा अग्रस्थानमा रहेको छ । यस इन्स्योरेन्स कम्पनीले तीन साता यता १ करोड ६१ लाख रुपैयाँ भन्दा बढीको कोरोना भाइरस बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले २९ हजार कोरोना भाइरस बीमा लेख जारी गरेको छ । कम्पनीको ग्वार्काे शाखाले हालै नबिन डिस्ट्रीव्युटर्सका ९० कर्मचारीहरुको बीमा गरेको थियो । शिखर इन्स्योरेन्सको नेपालभरीका शाखाहरुबाट कोरोना भाइरस बीमा प्राप्त गर्न सकिन्छ । कम्पनीका अनुसार हालसम्म ५० भन्दा बढी जिल्लाका मानिसहरुले कोरोना बीमा गराएका छन् । शिखरले नीम्बस, विभिन्न बैंक तथा वित्तीय संस्था र सहकारी संस्था लगायतका संस्थागत बीमा गरिसकेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम बढेसँगै कोरोना भाइरस बीमा गर्नेको संख्या बढ्न थालेको छ । कोरोना भाइरसको जोखिम बढेसँगै बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले कोरोना भाइरस सम्बन्धी बीमालेख जारी गर्न सबै निर्जिवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो ।

सम्बन्धित समाचारहरु