#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व638382537778930851402920896
नेपाल181181582221

भारतमा बिग ब्रदर्स एटिच्युड छ, त्यसैले छिमेकीसँगको सम्बन्ध कहिले राम्रो भएन–शेषराज भट्टराई (भिडियोसहित)

काठमाडौं । नेपालको दक्षिणी छिमेकी मुलुक भारतमा बिग ब्रदर्सको एटिच्युड भएकाले छिमेकी देशसँगको सम्बन्ध राम्रो हुन नसकेको परराष्ट्र मामिलाका जानकार शेषराज भट्टराईले बताएका छन् । बिहिबार केन्द्रबिन्दुसँग विशेष सम्वाद गर्दै परराष्ट्र मामिलाका जानकार भट्टराईले सो कुरा बताएका हुन् ।

लामो समयसम्म ब्रिटिस शासकको उपनिवेशमा रहेको भारत स्वतन्त्र भएको धेरै समय भएपनि दासत्वको विचार छोड्न नसकेको उनको भनाइ छ । उनले भने–‘भारतको पछिल्लो समय छिमेकी मुलुकसँगको सम्बन्ध सुमधुर हुन नसक्नुमा उसको बिग ब्रदर्स एटिच्युड हावी भएको छ । ब्रिटिसको शासनबाट मुक्त भएपनि दासत्वको मानसिकताबाट भारतीय पक्ष मुक्त हुन सकेको छैन् ।’

त्यस्तै भारतले आफ्ना छिमेकी मुलुक नेपाल, पाकिस्तान, बंगलादेश, श्रीलंका र चीनसँगको सम्बन्ध खराव अवस्था सिर्जना हुँनुमा (र) जस्तो जासुसी संस्थाको हात रहेको उनले बताए । (र) जस्तो जासुसी संस्थाले छिमेकी देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु र त्यस्को ती मुलुकबाट चर्को विरोध हुँदा भारतप्रति अन्य छिमेकी मुलुकले हेर्न दृष्टिकोण बिग्रीएको उनको भनाइ छ । उनले भने–‘भारतले (र) जस्तो जासुसी संस्थाको गठन गरी छिमेकी मुलुकको आन्तरिक मामिलामा खेल्न खोज्नु र ती मुलुकले भारतको चर्को विरोध गर्ने जस्ता कारणले भारतीय पक्षलाई हेर्न दृष्टिकोण परिवर्तन भएको हो ।’

नेपाल र भारतबीच पछिल्लो समय देखिएको सीमा विवादका सन्दर्भमा रहेर केन्द्रबिन्दुका सहकर्मी सरोज बस्यालले परराष्ट्र मामिलाका जानकार शेषराज भट्टराईसँग कुराकानी गरेका छन् । सोही कुराकानीको पूरा अंश

सम्बन्धित समाचारहरु

ताजा समाचार