#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व648824638321330142993090734
नेपाल230092013278

भारतमा विरोध र नेपालमा वाहवाही पाएका ३ नेपाली (भिडियोसहित)

काठमाडौं । नेपालले गत बुधबार देशको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्‍यो । सरकारले सन् १८१६ मा नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनीसँग भएको सुगौली सन्धीका आधारमा नयाँ नक्सा सार्वजनिक गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा जारी गरे लगत्तै अहिले सरकारको वाहवाही भइरहेको छ ।

सरकारको यो ऐतिहासिक कदमप्रति सर्वसाधारण र सत्तापक्षी मात्रै होइन प्रतिपक्षीहरु समेत सरकारलाई बधाइ र धन्यवाद व्यक्त गरिरहेका छन् । यतिबेला सामाजिक सञ्जालमा सरकारको साहस र सक्रियताको चर्चा चुलिएको छ । नेपालभित्र र नेपालीहरु माझ मात्रै होइन राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यो विषय हट केक बनेको छ । युट्युवको ट्रेन्डिङमा समेत यो विषयले राम्रै स्थान पाएको छ ।

नेपाल र नेपालीहरु माझ यो विषय वाहवाही भएपनि भारतीय सञ्चार माध्यमहरुले भने विभिन्न टिकाटिप्पणी गर्दै समाचार सामग्रीहरु प्रकाशन गरेका छन् । भारतीय मिडियाले अनेकन अडकलाबाजी गर्दै यसको विरोध गरेका छन् । विरोधले भरिएका सामाचार तथा आरोप–प्रत्यारोप अनि नेपाली नागरीकले त्यस विरुद्ध दिएका प्रतिक्रियात्मक विषय सामाजिक सञ्जालमा अग्रस्थानमा छन् । ह्यासट्याग ब्याकअफ इन्डीया, ह्यास्ट्याग आइएम वीथ मनिषा कोइराला लगायत विषय सामाजिक सञ्जालको अग्रस्थानमा छन् ।

यद्यपि भारतले पनि नेपालको नयाँ नक्सा अस्वीकार गर्दै ‘एकपक्षीय कदम ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको भनेको छ । भारतले आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा आक्रमण भएको दाबी समेत गरेको छ । यद्यपि यतिबेला भारतीय मिडियाका नजरमा ३ नेपाली परेका छन् जसको नेपालमा वाहवाही भइरहेको छ भने भारतमा विरोध भइरहेको छ ।

को को हुन् ती चर्चित ३ व्यक्ति ?

भिडियाे

सम्बन्धित समाचारहरु

ताजा समाचार