#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व649011738357230154043091141
नेपाल230092013278

एकान्तबास बस्न प्रतिघण्टा ७ हजार ५ सय डलर

काठमाडौं । विश्वभर महामारीकोरूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संकटसँगै विश्वका अधिकांश देशहरु लकडाउनमा भएकाले मानिसहरु क्वारेन्टाइनमा बस्न बाध्य भएका छन् ।

यसरी क्वारेन्टाइनमा फसेका अमेरिकीहरु भने अहिले एक्लोपनाको खोजीमा छन् । यसका लागि उनीहरु प्रतिघण्टा ७ हजार ५०० डलरसम्म कोठा भाडा तिर्दैछन् । मानिसहरुले ठूला ठूला ब्रान्डका सेवाहरु विभिन्न कार्यहरुको लागि प्रयोग गरिसकेका छन् ।

धेरै व्यक्तिहरु यो सेवा केवल आफ्नो परिवारका सदस्यहरुदेखि केही घण्टाको लागि टाढा रहन प्रयोग गरिरहेका छन् । ती मध्ये ग्लोब एप सबैभन्दा प्रख्यात छ । जसको माग लगातार बढिरहेको छ । यो एप न्युयोर्क, सन फ्रान्सिस्को, मियामी जस्ता क्षेत्रमा अधिक प्रयोग भइरहेको छ ।

भीडभाडबाट बच्न कोठाभाडामा लिंदै

मानिसहरु पति पत्नीसँग भिडियो च्याट गर्न, रुम पार्टनरलाई आराम प्रदान गर्न वा अफिसको समयमा फ्रेस हुन, आराम गर्न कोठा भाडामा लिन्छन् । तर, यहाँ मानिसहरु भिडबाट जोगिन र केही समय परिवारबाट टाढा रहन पनि कोठा भाडामा लिदैछन् । यस अन्तर्गत मानिसहरु उनीहरुको वरपर वा हिंडेर पुग्न सक्ने दुरीमा अवस्थित अपार्टमेन्टहरुलाई प्राथमिकता दिइरहेका छन् ।

रातमा भने कोठा प्रदान गरिएको छैन

यसको लागि एपमा आफ्नो आवश्यकताको बारेमा उल्लेख गर्नुपर्ने हुन्छ । साथै आफुलाई ज्वरो, खोकी वा कोरोना नभएको प्रमाण पेश गर्नु पर्ने हुन्छ । यस बाहेक शरीरको वर्तमान तापक्रम लिएर फोटोहरु समेत अपलोड गर्नुपर्ने हुन्छ । यसपछि मात्र सम्बन्धित व्यक्तिलाई कोठा उपलब्ध गराइन्छ । तर राति भने कुनै कोठा उपलब्ध गराइदैंन ।

भविष्य योजनाको लागि ब्रिट्नीले कोठा भाडामा लिइन्

३२ वर्षे ब्रिट्नी गायन भन्छिन् ‘म मेरो प्रेमीसँग ब्रुकलिनमा विवाह गर्न गएँ । यस्तो अवस्थामा हामीले भावी योजनाको लागि २ घण्टा कोठा भाडामा लियौं । यसले क्वारेन्टाइन समस्याबाट पनि राहत पायौं ।’

त्यस्तै वाशिङ्टन विश्वविद्यालयका एक विद्यार्थीले भनेका छन् ‘म मेरो एन्टि ब्याक्टेरियल वाइप लिएर कोठामा गएँ । पहिले ढोका, लाइट स्विच र अपार्टमेन्ट सेनिटाइज गरें । त्यसपछि ४५ मिनेट महत्वपूर्ण कार्यको लागि फोन गरें । त्यस पश्चात एक घण्टा मज्जाले आराम गरे । यो वास्तवमै नयाँ अनुभव भयो ।

एप रोजगारदाताका लागि सुरु गरिएको थियो 

ग्लोब एप जुन २०१९ मा ३० वर्षीय इमानुएल बाम्फो र ३६ वर्षीय एरिक झुले शुरु  गरेका थिए । यो एप काम गर्ने व्यक्तिको लागि सुरु गरिएको थियो । ताकि उनीहरु शहरमा घरदेखि टाढा अथवा अफिसबाट टाढा रहँदा कोठा लिएर आराम गर्न सकुन् भन्ने उद्देश्यले सुरु गरेका थिए । तर, कोरोना संकटमा मानिसहरुले यी कोठाहरु एकान्तका लागि प्रयोग गरिरहेका छन् । मानिसहरुले एक घण्टाको लागि करिब ७ हजार ५ सय डलर तिरिरहेछन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार