#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व649416538366730173193093179
नेपाल230092013278

मनिषाको समर्थनमा ऋचा भन्छिन् ‘भारतीय मिडिया समाचार होइन, खोक्रो राष्ट्रवाद बेच्छन्’

काठमाडौं ।

गत बुधबार नेपालले कालापानी, लिपुलेक र लिम्पुयाधिरासहितको भूभाग समेटिएको नयाँ नक्सा सार्वजनिक गरेपछि अहिले भारतिय मिडिया जोडतोडका साथ नेपालको खेदो खन्न लागि परेको छ । नेपालको नयाँ नक्सा जारी भएसँगै विशेष गरि नेपालका तीन व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली, सांसद मिनेन्द्र रिजाल र अभिनेत्री मनिषा कोईराला भारतको लागि आँखाको छारो भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र सांसद मिनेन्द्र रिजाल राजनीतिज्ञ हुन् र उनीहरु यस सीमा विवादमा खरो रुपमा उत्रिएका छन् । जसकारण भारतले उनीहरु दुइ प्रति आक्रोश पोख्नु स्वाभाविक हो । तर भारतमा नै आफ्नो अतुलनिय प्रतिभा खर्चेर बलिउड उद्योगलाई सहयोग गरेकी अभिनेत्री मनिषा कोइरालाले एउटा ट्विट रि-ट्विट गरेकै भरमा उनीमाथि अमानवीय रुपमा लाञ्छना लगाउदै खनिनुले भारत र भारतीय मिडिया झुटलाई पनि सत्य बनाउन कतिसम्म तल्लो स्तरमा गिर्न सक्दारहेछन भन्ने कुरा प्रष्ट्याएको छ ।

तर भारतले जति नै लाञ्छना लगाएपनि अभिनेत्री मनिषा कोइरालाको नेपालमा भने वाहवाही भएको छ । नक्सा सार्वजनिकपछी मनिषाले दिएको अभिव्यक्तिको समर्थनमा यतिबेला नेपाली कलाकार एकपछी अर्को गर्दै आएका छन्।

यसैक्रममा चर्चित अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जालमा मनिषा कोइरालाले आफ्नो पौरख र प्रतिभाले नाम कमाएको बताएकी छिन् । उनले फेसबुकमा एक स्टाटस लेख्दै मनिषा बलिउडमा दह्रिलो उपस्थिति जनाएर बसेको र कसैको कृपा र परोपकारले उनी बलिउडमा नछाएको बताएकी छिन् ।

उनले लेखेकी छिन् – चाहे ‘१९४२ अ लभ स्टोरी’ होस् या ‘दिल से’ वा ‘खामोशी’–– मनीषा कोइरालाले आफ्नो पौरख र प्रतिभाले नाम कमाएकी हुन् । नामसँगै लाखौं प्रशंसक कमाएकी हुन् । भारतकै भूमिमा जन्मिएका कैयन् कलाकारहरू समयसँगै बलिउडको चौघेराबाट हराउँदै गए । तर, मनिषा आजपर्यन्त बलिउडमा दह्रिलो उपस्थिति जनाएर बसेकी छिन् । कसैको कृपा र परोपकारले उनी बलिउडमा छाएकी होइनन् ।

प्रियंका चोपडाले अचेल हलिउडमा राम्रो स्थान बनाइरहेकी छिन् । तर, यसो भन्दैमा उनले आफ्नो मातृभूमि भारतलाई बिर्सिएकी छैनन् । समय-समयमा मातृभूमिलाई धन्यवाद दिइरहने प्रियंकालाई भारतले आफ्नो गहना भनेर स्वीकार्छ । सानिया मिर्जाले खुलेर आफ्नो मुलुकको प्रशंसा गरिरहन्छिन् । पाकिस्तानी मिडियाले उनलाई कहिल्यै ‘विदेशी दलाल’ भनेर दुत्कार्दैन ।
म चाहे बीसौं वर्ष कुनै संस्थामा काम गरूँ– त्यसका हाकिम मेरा लागि सधैं हाकिम हुन्, माता वा पिता होइनन् ।

तर, म भारतीय मिडियालाई दोष दिन्नँ । मैले कहिल्यै उनीहरूबाट यस्तो दुईपैसे नौटंकीभन्दा बढी आशा गरेकै छैन । उनीहरू समाचार होइन, खोक्रो राष्ट्रवाद बेच्छन् । तटस्थ विचार होइन, समाजलाई भड्काउने नारा बेच्छन् । #IamWithManishaKoirala #iamwithprimeminister

सम्बन्धित समाचारहरु

ताजा समाचार