#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व559035834790728758772366574
नेपाल6824566112

रिजर्भ बैंक अफ इन्डियाले रिपो दर ०.४० प्रतिशत विन्दु कटौती गर्ने

काठमाडौं ।
रिजर्भ बैक अफ इन्डिया (आरबीआई) ले रिपो दर ०.४० प्रतिशत विन्दु कटौती गर्ने भएको छ ।

आइबीआईका गभर्नर शक्तिकान्त दासले शुक्रबार पत्रकार संम्मेलन गर्दै रिपो दर र रिभर्स रिपोमा कटौती गर्ने निर्णय गरेका हुन् । आरबीआइको यो निर्णयसँगै रिपो दर ४.४० बाट घटेर ४ प्रतिशत हुनेछ ।

त्यसैगरी, आरबीआइले रिभर्स रिपो पनि घटाएको छ । आरुबीआइले रिभर्स रिपो दर ०.४ प्रतिशतले घटाएर ३.३५ प्रतिशत कायम गरेको छ । अहिले रिभर्स रिपो दर ३.७५ छ । त्यसैगरी, आरबीआईले ऋणको किस्ता बुझाउने समय पनि ३ महिना अतिरिक्त छुट दिने निर्णय गरेको छ ।

सम्बन्धित समाचारहरु