#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व650559738429830239573097342
नेपाल230092013278

जातीय विभेद गर्नेलाई कानुनी कारवाही गर्न नेता बोहराको माग

काठमाडौं । जातीय विभेद सिर्जना गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउन पूर्वमन्त्री तथा राप्रपाका नेता दिपक बोहराले माग गरेका छन । एक टेलिभिजन कार्यक्रममा मधेसी समुदायलाई अपमानित गर्ने शब्दको प्रयोग गरेको भन्दै चर्को आलोचना भइरहेका बेला नेता बोहराले सो माग गरेका हुन् । साथै, नेता बोहराले त्यस्ता कार्यलाई खेदजनक भएको टिप्पणी समेत गरेका छन् ।

हरेका वर्गको आ–आफ्नो स्वभिमान हुने भन्दै जातीय विभेद सिर्जना गर्नेलाई कानुनी कारवाही गर्नुपर्ने उनको भनाइ छ ।
उनले भनेका छन–‘हरेक वर्गको आफ्नो स्वाभिमान हुन्छ । जातीय विभेद संविधानले समेत वर्जित गरेको छ । त्यस्तो कार्य गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गर्दछु ।’

सम्बन्धित समाचारहरु

ताजा समाचार