#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5974647364440536152631165
नेपाल121261000206

नक्सा बनाउनु अघि छाङरु पुगेका थिए नापी विभागका प्राविधिक

काठमाडौं ।

सरकारले कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहित भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गर्नु अघि नापी विभागका तीन जना प्राविधिक मंसिरको पहिलो साता छाङरु पुगेका थिए । उनीहरूलाई छाङरु लैजान सशस्त्र प्रहरीले सहयोग गरेको थियो । सो नक्सा ग्लोबल नाभिगेसन सेटेलाइट सिस्टम (जिएनएसएस) बाट तयार गरिएको हो । जिएनएसएस नक्सा खिच्न पोजिसन पत्ता लगाउन प्रयोग गरिने सिस्टम हो ।

यस अघि नेपालले संकलन गरेका १ सय ३२ वटा नक्सालाई आधार मानी विभागका प्राविधिकले कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहितको नक्सा तयार गरेका थिए । नयाँ नक्सा तयार गर्न भूमि व्यवस्था मन्त्रालयले तत्कालीन सचिव सूर्यनाथ गौतमको संयोजकत्वमा नापनक्सा प्राविधिक समिति गठन गरेको थियो । यस काममा नापी विभागले दुईवटा समिति गठन गर्यो । विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा नापनक्सा प्राविधिक समिति र विभागका उपमहानिर्देशक सुशीलराज भण्डारीको संयोजकत्वमा प्राविधिक उपसमिति गठन गरिएको थियो ।

२०१९ नोभेम्बर २ मा भारतले नेपालको भूभागलाई समेटेर एकतर्फी नक्सा सार्वजनिक गरेपछि नेपालमा त्यसको चर्को विरोध भयो । त्यसको ७ दिनपछि संसद्को राज्य व्यवस्था समितिले कात्तिक २५ गते कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहितको नयाँ नक्सा प्रकाशन गर्न सरकारलाई लिखित निर्देशन दिएको थियो । राज्य व्यवस्था समितिको लिखित निर्देशनपछि मन्त्रालयले नयाँ नक्सा बनाउन आन्तरिक तयारी सुरु गर्यो । नक्सा बनाउन सचिवस्तरीय समिति गठन गरियो । सो समितिले नापी विभागलाई निर्देशन दियो ।

नयाँ नक्सा बनाउन भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले विभागलाई निर्देशन दिएकी थिइन् । कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहितको नयाँ नक्सा विभागले तयार गरेपछि उक्त नक्सा विभागले ०७६ फागुन १६ गते भूमि व्यवस्था मन्त्रालयलाई हस्तान्तरण गरेको थियो ।नागरिकबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार