#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व650559738429830239573097342
नेपाल230092013278

नक्सा प्रकरणमा चर्चित रहेका ५ नायक (भिडियाेसहित)

काठमाडौं ।

भारतले नेपाली भूभाग लिपुलेक हुँदै तिब्बतको मानसरोवर जाने सडक विस्तार गरेर त्यसको उद्घाटन गरेपछि नेपाल भारतबीचको सीमा विवाद पुनः सतहमा आयो । यसअघि गत वर्षको कार्तिकमा भारतले आफ्नो नयाँ राजनैतिक नक्सा जारी गर्दै लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समेटेको थियो । भारतको यो कदमको नेपालले कुटनीतिक नोटमार्फत ध्यानाकर्षण गराउने मात्र होइन, वार्ताका निम्ती निरन्तर पहल गरेपनि त्यसलाई भारत सरकारले वेवास्ता गर्दै आएको थियो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालका अनुसार नेपालले वार्तामार्फत सीमा समस्या हल गर्न भारतलाई पटकपटक ताकेता गर्दा पनि भारतले महत्व दिएन । बरु उल्टै भारतले लिपुलेकको भूभाग हुँदै मानसरोवर जाने सडक विस्तार ग¥यो । योसँगै नेपालमा विरोधको स्वर चर्किन थाल्यो । अन्ततः नेपालले आफ्नो नयाँ राजनैतिक तथा प्रशासनिक जारी ग¥यो । सरकारले सन् १८१६ मा नेपाल र तात्कालीन इस्ट इन्डिया कम्पनीसँग भएको सुगौली सन्धीका आधारमा नयाँ नक्सा सार्वजनिक गरेको हो ।

नेपालको यो ऐतिहासिक कदमप्रति सर्वसाधारण र सत्तापक्षी मात्रै होइन प्रतिपक्षीहरु समेत सरकारलाई बधाइ र धन्यवाद व्यक्त गरिरहेका छन् । यतिबेला सामाजिक सञ्जालमा सरकारको साहस र सक्रियताको चर्चा चुलिएको छ । नेपालभित्र र नेपालीहरु माझ मात्रै होइन राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यो विषय हट केक बनेको छ । युट्युवको ट्रेन्डिङमा समेत यो विषयले राम्रै स्थान पाएको छ ।

नेपाल र नेपालीहरु माझ यो विषय वाहवाही भएपनि भारतीय सञ्चारमाध्यमहरुले भने विभिन्न टिकाटिप्पणी गर्दै समाचार सामग्रीहरु प्रकाशन गरेका छन् । जुन युट्युवको ट्रेन्डिङमा समेत छन् । भारतीय मिडियाले अनेकन अडकलाबाजी गर्दै यसको विरोध गरेका छन् । विरोधले भरिएका सामाचार तथा आरोप–प्रत्यारोप अनि नेपाली नागरीकले त्यसविरुद्ध दिएका प्रतिक्रियात्मक विषय सामाजिक सञ्जालमा अग्रस्थानमा छन् । ह्यासट्याग ब्याकअफ इन्डीया, ह्यास्ट्याग आइएम विथ मनिषा कोइराला लगायत विषय सामाजिक सञ्जालको अग्रस्थानमा छन् ।

यद्यपि भारतले पनि नेपालको नयाँ नक्सा अस्वीकार गर्दै ‘एकपक्षीय कदम ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको भनेको छ । भारतले आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा आक्रमण भएको दाबी समेत गरेको छ । सीमा विवाद चुलिएसँगै ५ नेपालीको चर्चा पनि चुलिएको छ । को को हुन् सीमा विवादमा नायक बन्न सफल ५ व्यक्ति ? हेराैं भिडियाेमा 

 

 

सम्बन्धित समाचारहरु

ताजा समाचार