#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
सिन्धुपाल्चोक ।पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीको म्यादी जीवन बीमा गर्ने घोषणा गरेका छन् ।कोरोना सङ्क्रमणका कारण नेपालमै पहिलो व्यक्तिको मृत्यु सिन्धुपाल्चोकमै भएका कारण यहाँ कार्यरत स्वास्थ्यकर्मी पनि असुरक्षित रहेकाले उनीहरुको बीमा गरिदिने घोषणा पूर्वमन्त्री बस्नेतले गरेको काँग्रेसका युवानेता युधिर पौडेलले जानकारी दिए।बस्नेतले जिल्लाभर रहेका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी, उपस्वास्थ्यचौकीमा कार्यरत चिकित्सकदेखि कार्यालय सहयोगीसम्मको सामूहिक म्यादी जीवन बीमा गरिदिने भएका हुन् ।उनले केही दिन अघि कोरोनाका कारण मृत्यु भएकी सुत्केरीको नाबालक बच्चाको शिक्षा र लालनपालनको जिम्मा पनि लिएका छन् ।शुक्रबार डिस्चार्ज भएका मृत्तकका परिवारलाई भेट्दै उनले यस्तो बताएका हुन् । धुलिखेल अस्पतालमै पुगेर उनले नगद १ लाख पनि सहयोग गरेका छन् ।रासस

कांग्रेस नेता बस्नेतद्वारा कोरोनाबाट मृत्यु भएकी महिलाका शिशुलाई नगद १ लाख सहयोग

सिन्धुपाल्चोक ।

पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीको म्यादी जीवन बीमा गर्ने घोषणा गरेका छन् ।

कोरोना सङ्क्रमणका कारण नेपालमै पहिलो व्यक्तिको मृत्यु सिन्धुपाल्चोकमै भएका कारण यहाँ कार्यरत स्वास्थ्यकर्मी पनि असुरक्षित रहेकाले उनीहरुको बीमा गरिदिने घोषणा पूर्वमन्त्री बस्नेतले गरेको काँग्रेसका युवानेता युधिर पौडेलले जानकारी दिए।

बस्नेतले जिल्लाभर रहेका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी, उपस्वास्थ्यचौकीमा कार्यरत चिकित्सकदेखि कार्यालय सहयोगीसम्मको सामूहिक म्यादी जीवन बीमा गरिदिने भएका हुन् ।

उनले केही दिन अघि कोरोनाका कारण मृत्यु भएकी सुत्केरीको नाबालक बच्चाको शिक्षा र लालनपालनको जिम्मा पनि लिएका छन् ।शुक्रबार डिस्चार्ज भएका मृत्तकका परिवारलाई भेट्दै उनले यस्तो बताएका हुन् । धुलिखेल अस्पतालमै पुगेर उनले नगद १ लाख पनि सहयोग गरेका छन् ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार