#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व599185036533929914342635077
नेपाल121261000206

पाकिस्तानमा पनि बढ्दै कोरोना संक्रमित, १ हजार १०१ को मृत्यु

कराँची ।

पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचार अनुसार पाकिस्तानमा संक्रमितको संख्या ५२ हजार ४३७ पुगेको पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा १ हजार ७४३ संक्रमित थपिएका बताइएको छ ।

पाकिस्तानमा संक्रमित मध्येका १ हजार १०१ व्यक्तिको अहिलेसम्म मृत्यु भएको पनि अधिकारीहरले जानकारी दिएका छन् । वर्ल्ड ओमिटरले जनाए अनुसार पाकिस्तानमा बिहीबार मात्र ३४ जना संक्रमितको ज्यान गएको छ ।

पाकिस्तानी समाचार संस्था जिओ न्यूजले सबैभन्दा बढी प्रभावित पाकिस्तानको सिन्ध राज्यमा रहेको बताएको छ । त्यसपछि कोरोना भाइरस संक्रमित राज्यमा पञ्जाव, खैबर पाख्तुनख्वा, बालोचिस्तान, गिलगित बाल्टिस्तान, इस्लामावाद र पाकिस्तान प्रशासित काश्मिरमा रहेका छन् ।

संक्रमितहरुमध्ये १६ हजार ६५३ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका पनि प्राप्त समाचारमा जनाइएको छ । अधिकारीहरुले यहाँका विभिन्न अस्पतालमा ३४ हजार ६८३ जना संक्रमितले उपचार गराइरहेको जनाएका छन् ।रासस–एएनआई

सम्बन्धित समाचारहरु

ताजा समाचार