#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व659650138842230201743187905
नेपाल2634102334290

चौरजहारी नगरपालिकाको क्वारेन्टाइनमा बस्नेलाई दैनिक भत्ता दिने निर्णय

सांकेतिक तस्वीर

पश्चिम रुकुम। पश्चिम रुकुमको चौरजहारी नगरपालिकाले क्वारेटाइनमा बस्नेलाई दैनिक १ सय ७८ रुपैयाँ भत्ता दिने निर्णय गरेको छ । यसअघि क्वारेन्टाइनमा बसेकालाई नगरपालिका आफैँले खाने व्यवस्था गर्दै आएकोमा, अब नगद भत्ता दिने निर्णय गरिएको हो । पछिल्लो समय भारत तथा अन्य ठाँउबाट नगरपालिका आउनेको संख्या बढ्दै गएपछि सो निर्णय गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार अब भारत तथा अन्य ठाउँबाट आउनेहरूलाई १४ वटा वडाका क्वारेन्टाइनमा राखिने छ ।

त्यस्तैगरी दैनिक भक्तासहित क्वारेन्टाइनमा बसेका व्यक्तिहरूका लागि खाना पकाउने सामाग्रीको पनि व्यवस्था गरिने छ । क्वारेन्टाइनमा बस्दा आफूले खाने थाल, कचौरा, ग्लास र ओढ्ने–ओछ्याउने कपडा सम्बन्धित व्यक्तिले व्यवस्था गर्नुपर्ने नगरपालिकाले जनाएको छ । क्वारेन्टाइनमा नगरपालिकाले मास्क, स्यानिटाइजर, साबुन, खानेपानीका लागि ड्रम, फिल्टर र शौचालय सरसफाईका लागि आवश्यक सामाग्री पनि प्रदान गरेको छ । दाउराको समस्या हुने वडामा ग्यास र चुलाको समेत व्यवस्था गरिने नगरप्रमुख विशाल शर्माले जानकारी दिए ।

पश्चिम रुकुम, चौरजहारी नगरपालिकाबाट ३ हजार २ सय ४४ जना भारतका विभिन्न ठाउँमा मजदूरी गर्न गएका छन् । यति बेला उनीहरु घर फर्कन शुरु गरेको र शुक्रबार मात्र ३४ जना भित्रिएको नगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार