#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व638382937779030851302920909
नेपाल181181582221

बजेट बढाउने सरकारको तयारीदेखि क्वारेन्टाइनमा बस्नेलाई भत्तासम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये चालू आर्थिक वर्षभन्दा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटको आकार बढाउने सरकारले तयारी गरेको छ । कोरोना भाइरसका कारण ठप्प भएका अधिकांश आर्थिक क्षेत्रको पुर्नउत्थानका लागि बजेटको आकार बढाउनुपर्ने माग आएको भन्दै सरकारले आगामी बजेटको आकार बढाउने तयारी गरेको हो ।

त्यस्तै नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । शनिबार मात्रै थप ३६ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमण बढेको हो । शनिबार साँझसम्मको तथ्यांक अनुसार देशभर संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।

भक्तपुर नगरपालिकाकी एक महिला जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएसँगै उनी बस्ने बस्ती सिल गरिएको छ । महिला जनप्रतिनिधि बस्ने बस्ती र सो बस्ती आसपासको मालपोत कार्यालय क्षेत्रका १८ घर सिल गरिएको हो ।

त्यस्तैगरी भारतमा एक जना क्यान्सर पीडितले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । ६६ वर्षिय ती क्यान्सरबाट पीडितले एक साताको अस्पताल बसाईमा नै कोरोना भाइरसलाई जित्न सफल भएका हुन् ।

पश्चिम रुकुमको चौरजहारी नगरपालिकाले क्वारेटाइनमा बस्नेलाई दैनिक १ सय ७८ रुपैयाँ भत्ता दिने निर्णय गरेको छ । यसअघि क्वारेन्टाइनमा बसेकालाई खानाको व्यवस्था गरेको नगरपालिकाले खाना कटौती गर्दै दैनिक भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला

सम्बन्धित समाचारहरु

ताजा समाचार