#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व649416538366730173193093179
नेपाल230092013278

कतारमा कोरोना संक्रमितको संख्या ४२ हजार कट्यो, मृतकको संख्या २१

  • तिलु शर्मा पौडेल
    दोहा कतार ।

कतारको स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएको छ । आज मृत्यु हुने ५५ र ३८ वर्षीय रहेका छन् । यो सँगै कतारमा मृत्यु हुनेको संख्या २१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार १५२ जनामा गरिएको परीक्षणमा थप १ हजार ७३२ जनामा भाइरस सङ्क्रमण देखिएसँगै सङ्क्रमितको सङ्ख्या ४२ हजार २ सय १३ पुगेको छ ।

६२० जनासहित हालसम्म ८ हजार ५१३ जनाले स्वास्थ्य लाभ गरेका छन् भने ३३ हजार ६७९ जनाको उपचार चलिरहेको छ ।

१ हजार ६९४ जनालाई डाक्टरहरूको निगरानीमा क्वारेन्टाइनमा राखिएको छ । २७२ जनालाई अस्पताल भर्ना गरिएको छ । आज थप १६ जनासहित आइसियुमा रहने बिरामीको सङ्ख्या १७७ रहेको छ । कुल १ लाख ८४ हजार ७ सय ९४ जनामा कोरोना जाँच गरिएको मन्त्रालयले बताएको छ । केही दिन यता सङ्क्रमितको सङ्ख्या उच्च दरमा बृद्धि भइरहेको छ । भाइरस सम्बन्धी कुनै लक्षण देखा परेमा १६००० मा सम्पर्क गर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार