लकडाउन खुकुलो पार्न चेम्बर्सले भेट्यो उपत्यकाका सिडियो

लकडाउन खुकुलो पार्न चेम्बर्सले भेट्यो उपत्यकाका सिडियो


काठमाडौं ।

नेपाल चेम्वर अफ कमर्सले लकडाउन खुकुलो पार्न विभिन्न ठाउँमा दौडधुप गरिरहेको छ । चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले काठमाडौं, ललितपुर र भक्तपुर लगायतका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षाकर्मीहरुसँग लकडाउन खुकुलो बनाउने सम्बन्धमा छलफल गरेको छ ।

चेम्बर्सले कोरोनाबाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाउँदै लकडाउनलाई खुकुलो अर्थतन्त्रलाई चलायमान बनाउन सुझाव दिएको छ ।

चेम्बर्सले काठमाडौंका जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसँग छलफल गरिएको थियो । चेम्बरको सुझावलाई तीन वटै प्रमुख जिल्ला अधिकारीहरुले सकारात्मक रुपले लिएको चेम्बर्स अध्यक्ष श्रेष्ठले बताए ।

Logo