#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1119067852911343639556297610
नेपाल152593290846143

कतारमा एकै दिन १ हजार १९३ जना कोरोना संक्रमित निको भए

  • तिलु शर्मा पौडेल
    दोहा कतार ।

कतारको स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार कोरोना भाइरसबाट आजसम्मकै उच्च संङ्ख्यामा संक्रमितहरुले स्वास्थ्य लाभ गरेका छन् । पछिल्लो २४ घन्टाको विवरण सार्वजनिक गर्दै मन्त्रालयले १ हजार १९३ जनाले स्वास्थ्य लाभ गरेको जनाएको हो । यो सँगै स्वास्थ्य लाभ गर्नेको कुल संख्या १० हजार ३ सय ६३ पुगेको छ । भाइरसबाट थप ३ जनाको मृत्यु भएको जनाएको छ । आज मृत्यु हुनेहरु ६५, ६२ र ५२ वर्षीय रहेका छन् । यो सँगै कतारमा मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ३४१ जनामा गरिएको परीक्षणमा थप १ हजार ७५१ जनामा भाइरस सङ्क्रमण देखिएसँगै भाइरस सङ्क्रमितको सङ्ख्या ४५ हजार ४ सय ६५ पुगेको छ भने ३५ हजार ०७६ जनाको उपचार चलिरहेको छ ।

कुल १ हजार ८९५ जनालाई डाक्टरहरूको निगरानीमा क्वारिन्टाइनमा राखिएको छ भने २९५ जनालाई अस्पताल भर्ना गरिएको छ । थप २२ जनासहित आइसियुमा रहने बिरामीको सङ्ख्या २०२ रहेको छ । कुल १ लाख ९२ हजार ४ सय ८४ जनामा कोरोना जाँच गरिएको मन्त्रालयले बताएको छ ।

केही दिन यता सङ्क्रमितको सङ्ख्या उच्च दरमा बृद्धि भैरहेको छ । स्वास्थ्यमा कुनै समस्या भएमा मैदर, रवाद्त, उमसलाल र ग्राफामा रहेको हेल्थ सेन्टरमा गएर परीक्षण गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । भाइरस सम्बन्धी कुनै लक्षण देखा परे १६००० मा सम्पर्क गर्न समेत सकिनेछ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार