#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1119168152912743645836297971
नेपाल152593290846143

कोरोना अपडेटः विश्वभर ३ लाख ४७ हजारको मृत्यु, अमेरिकामा मृतकको संख्या एक लाख नजिक

जेनेभा ।

कोरोना भाइरसका कारण विश्वभर ३ लाख ४७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५५ लाख ३० हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९६ हजार नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा विश्वभर २ हजार ८२६ जनाको ज्यान गएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ५३ हजार २११ जनाको स्वास्थ्य अवस्था कोरोना भाइरसबाट अत्यन्त जटिल रहेको छ भने २७ लाख ९९ हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।

युरोपेली मुलुकहरुमध्ये कोरोना भाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३६ हजार ७९३ को कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ६१७ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९९ हजार ३०० पुगेको छ ।रासस–एएफपी

सम्बन्धित समाचारहरु

ताजा समाचार