#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1118181852837843614176292023
नेपाल152593290846143

दिल्लीमा गर्मी बढ्यो, तापक्रम ४५ डिग्री सेल्सीयस पुग्यो

नयाँ दिल्ली ।

भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा तापक्रम अत्यधिक बृद्धि भएकाले गर्मी बढेको छ ।

भारतको मौसम विज्ञान विभागले दिएको जानकारीअ नुसार भारतमा पछिल्लो हप्ता तामक्रममा अत्यधिक बृद्धि हुदै आएको छ । सोमबार दिल्लीको तापक्रम ४५ डिग्रीसम्म पुगेको विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।

अत्यधिक गर्मीका कारण मानिसहरुले पानी धेरै पिउन थालेको, सितलता खोज्न थालेको, रुखको छहारीमा बस्ने गरेको पाइएको छ । त्यसैगरी जनावर तथा चराजुरुङ्गीले पनि गर्मी कम गर्नका लागि पानी र सितल खोज्ने गरेको अधिकारीहरुले बताएका छन् ।

मौसम विज्ञान विभागले आगामी चार दिन पनि यस्तै गर्मी कायमै रहने र तापक्रम थप बढ्न सक्ने अनुमान गरेको छ । विभागका अधिकारीहरुले आगामी केही दिन तापक्रम ४५ देखि ४६ डिग्री सेल्सीयससम्म पुग्न सक्ने बताएका हुन् ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार