#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1120703652941843220996355519
नेपाल152593290846143

आर्थिक वृद्धिदर खुम्चियोदेखि एमसीसी पेस हुनेसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ ।
आजका प्रमुख समाचारहरुमध्ये कोरोना भाइरसका कारण चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन २०७६÷७७ सार्वजनिक गर्दै चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने बताएका हुन् । यसअघि सरकारले ८ प्रतिशत भन्दा बढी आर्थिक वृद्धिदर हुने बताएको थियो ।

त्यस्तै स्वास्थ्य मन्त्री भानुभक्त ढकाल कोरोना संक्रमितसँगको सम्पर्कपछि पाँच दिनदेखि पुलचोकस्थित होम क्वारेन्टाइनमा बस्दै आएका छन् । आफूसँग सम्पर्कमा आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री ढकाल स्वाब परीक्षण गरी होम क्वारेन्टाइनमा बस्दै आएका हुन् ।
गृहमन्त्री रामबहादुर थापाले रुकुमको जातीय हिंसामा संलग्न भएको आरोप लागेका वडा अध्यक्षसहित अन्य १२ जना प्रहरी हिरासतमा रहेको बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै मन्त्री थापाले रुकुम पश्चिममा भएको जातीय हिंसाको घटनामा युवतीसहित उनका बुबा, आमा, वडा अध्यक्ष डम्बरबहादुर मल्लसहित १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताएका हुन् ।

त्यस्तैगरी जाजरकोटको भेरी नगरपालिका ४ खलंगाका नवराज विक र रुकुम पश्चिमको चौरजहारकी सुष्मा मल्लबीचको प्रेम सम्बन्धलाई विवाहमा बदल्न हिँडेका तीन जनाको निधन भएको छ । गत शनिबार प्रेमलाई विवाहमा बदल्न हिँडेका १८ जनामध्ये तीन जनाको शव भेटिएको हो । बाँकी तीन जना अझै बेपत्ता छन् भने अन्य १२ जना घाइते अवस्थामा भेटिएका छन् ।
संघीय संसदमा दर्ता भएको झण्डै एक वर्षपछि एमसीसी सम्झौता संसद्को कार्यसूचीमा पर्ने भएको छ । एमसीसीबारे राजनीतिक रुपमा बहस हुनु र केही महिना सभामुखको रिक्तताका कारण संसद्को अघिल्ला अधिवेशनमा प्रस्ताव पेस हुन सकेको थिएन् । तर, चालू छैटौँ अधिवेशनमा कार्यसूचीका रुपमा प्रवेश पाउने भएको हो ।
पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु

ताजा समाचार