#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1091951652138842917266106402
नेपाल145193191685320

भारतमा कोभिड-१९ बाट निको हुनेको दर ४१.६१ प्रतिशत : स्वास्थ्य मन्त्रालय

फाइल फोटो

नयाँ दिल्ली ।

भारतमा विश्वका अन्य मुलुकको तुलनामा कोभिड–१९ बाट सङ्क्रमित विरामी निको भएर घर फर्किनेको दर ४१.६१ प्रतिशत रहेको भारतको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी गराएको छ ।

भारतमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको सङ्ख्या पनि विश्वको कम क्षति हुने मुलुकहरूमा जस्तै रहेको मन्त्रालयको दावी रहेको छ । स्वास्थ्य मन्त्रालयका सहसचिव लव अग्रवालले पत्रकार सम्मेलनमा भने, “अहिलेसम्म ६० हजार ४९० कोभिड–१९ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

भारतमा हाल सङ्क्रमित मध्येमा मृत्यु दर पनि विश्वमा कोरोना भाइरस प्रकोप रहेका अन्य ठूला मुलुकहरूको तुलनामा निकै कम अर्थात् २.८७ प्रतिशत रहेको छ ।

अग्रवालले भने, “भारतमा विश्वमा सङ्क्रमितको औसत सङ्ख्या निकै कम रहेको छ । विश्वभर प्रति एक लाखमा ६९.९ व्यक्तिमा सङ्क्रमण रहेकोमा भारतमा यो दर प्रति लाखमा १०.७ व्यक्ति रहेको छ ।” यो तुलना विश्वभर सङ्क्रमितको सङ्ख्यामा आधारित रहेर गरिएको गरिएको उनको भनाइ थियो ।

भारतमा बन्दाबन्दी (लकडाउन), सामाजिक दूरी कायम गर्ने जस्ता अन्य मार्ग निर्देशनलाई अन्य मुलुकहरूको तुलनामा राम्रोसँग पालना गरिएको र सङ्कटलाई अन्य मुलुकमा भन्दा नियन्त्रणमा राख्न सम्भव देखिएको अग्रवालले बताए ।

उनले विश्वका अन्य प्रभावित मुलुकहरूको तुलना गर्दै भने, “स्पेनमा सङ्क्रमित दर प्रति लाख ५०४ छ भने बेल्जियममा ४९९, अमेरिकामा ४८६ छ भने मेक्सिकोमा ५२.२ रहेको छ ।”
धेरै सङ्क्रमण रहेका मुलुकहरूको तुलनामा भारतमा सङ्क्रमितको मृत्यु निकै नै थोरै भएको सहसचिव अग्रवालले बताए ।

भारतमा हालसम्ममा एक लाख ५० हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने विगत २४ घण्टामा देशभर सङ्क्रमितको सङ्ख्या छ हजार ५३५ रहेको उनले बताए ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार